बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताए ।

नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गरे । अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको उनको आरोप छ ।

ओलीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक : यादव

नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शनिबार सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन आफ्नो पार्टी कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र ‘महागठ’को संज्ञा दिंदै यादवले प्रचण्डलाई दुई पटक ठगेको आरोप लगाए । पार्टी र आन्दोलनलाई ध्वस्त बनाउने ओलीलाई परास्त गर्नु जरुरी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय