बुधबार , बैसाख १२, २०८१

काठमाडौ। पछिल्लो केहि समय देखि बिबादमा रहेकी समिक्षा अधिकारी र पल साहको बिषय निकै लामो समय तात्यो। उनले पललाई बलत्कारको केसमा जेल पनि पुर्याइन। अहिले पनि पल जेलमै छन्। धेरैले फरक तरिकाले अड्कल बाजी पनि काटे तर यो बेला भने समिक्षाले मिडियामा आएर केहि बिचार प्रस्तुत गरेकी छिन।

उनि निकै इमान्दारी गायिकाको रुपमा दोहोरी क्षेत्रमा परिचित छिन। पल शाह आफुलाई धेरै मन पर्ने र पल प्रति केहि गलत टिप्पणी गर्दा चित्त दुख्ने समेत समीक्षाको भनाइ रहेको छ। अहिले समिक्षालाई धेरैले १० लाख भनेर कुरा काट्ने गर्छन। तर, पनि कुराकानीको क्रममा उनले आफु लाई निरन्तर भिडियो खेलेर अगाडी बढ्न पलसंग अझै धेरै सुहाएको बताएकी हुन्।

आफुले पलसंग पहिलो गीत पनि नरेश खातिकै सृजनामा अभिनय गरेको बताएकी हुन्। यो समयमा समिक्षा र नरेशको नया गीत बजार मा आएको छ,माया मारेर गीत हिट भए संगै समिक्षा र नरेशले गाएको र अभिनय गरेको हाम फालेर बजारमा आएको हो।

गीत संग जोडिएर नरेशले भने ‘माया मारेर भाग २ बनाउने सोचेको यो गीत ढिला भएको कारण भाग २ भनेर नामकरण गर्न सकिन तर मैले १२ बर्ष देखि यही क्षेत्रमा लाग्दै गर्दा मेरो अहिले सम्मकै उत्कृष्ट गीत लागेको छ, रोएर लेखेको गीत हो यो मेरो’।

समीक्षाले आफु र पल साह खेलेको नया गीत आउने पनि जानकारी दिएकी छिन, कुराकानीकै क्रममा उनले आफ्नो जोडी संगको नया गीत अब छिट्टै आउने बताएकी छिन् उनले हसाउदै भनिन ‘बल्ल पलजी संग जोडी सुहाउने भएकी छु।’ समिक्षाले आफुलाई गायिकामै निरन्तरता दिने र चलचित्र खेल्ने सपना तत्काल न देखेको पनि बताएकी छिन।

बिस्तृत जानकारीको लागि हेर्नुहोस भिडियो

र यो पनि
काठमाडौ । प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको दिन दुवै किशोर घटनास्थलआसपास देखिएका थिए ।

घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ । ‘अनुसन्धानको घेरालाई साँघुरो बनाउने क्रममा ती युवकलाई पहिलेदेखि नै निगरानीमा राखेका थियौँ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘अहिले नियन्त्रणमा लिन सफल भएका हौँ ।’

१० साउन ०७५ मा निर्मलाको हत्या भएको थियो । पोस्टमार्टममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । साथीको घरबाट फर्कंदै गर्दा उनको हत्या भएको थियो । घटनाको तीन सातापछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेकोमा उनको डिएनए नमिलेपछि प्रहरी अनुसन्धान विवादित बनेको थियो । त्यसयता अनेक अनुसन्धान समिति बनेपनि घटना सुल्झन सकेको छैन ।

राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समितिले डिएनएको नमुना संकलनमै त्रुटि भएकाले डिएनए परीक्षणबाट अभियुक्त पत्ता लगाउन कठिन हुने औँल्याएको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म शंकास्पदको डिएनए परीक्षण गराउँदै आएको छ ।

रबी आउनुभन्दा पहिले केके भएको थियो ?

निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य

गृहको छानविनले के भन्छ ? कहाँ अड्कियो अनुसन्धान ?

७ साउन, काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् ।

एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको छ भने अर्कोतर्फ गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ ।

गृह मन्त्रालयद्वारा गठित मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए ।

अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृहको छानविन प्रतिवेदन एकातिर छ, सरकार र प्रहरीको ध्यान अर्कैतिर मोडिएको छ ।

गृह मन्त्रालयबाट गठित मैनाली समितिको प्रतिवेदनले निर्मला पन्तको बलात्कार एक जना व्यक्तिबाट सम्भावना कम देखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निश्कर्ष निकालेको थियो ।

घटना भएको १० महिनासम्म निर्मला पन्तका हत्याराबारे प्रहरीमा किटानी जाहेरी परेको छैन । बरु यसवीचमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा ४ वटा मानहानीका मुद्दा दर्ता भए ।

आखिर निर्मला हत्या प्रकरणबारे यो एक वर्षसम्म अपराधी पत्ता लगाउन असफल बनेको प्रहरी अहिले के गरिरहेकोछ ? यसबारे सामान्य चर्चा गरौं ।
यो पनि पढ्नुहोस
निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

के गर्दैछ प्रहरी ?

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जन बढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । यसवीचमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमै तीनजना प्रहरी प्रमुख फेरिए । हरेकले नेतृत्वमा आउँदैपिच्छे सिंगो संगठनका लागि टाउको दुखाइको विषय बनेको निर्मला प्रकरण हल गर्ने दाबी गरे । तर, अझै घटनाको गुत्थी सुल्झन सकेको छैन ।

बरु निर्मला प्रकरणको अनुसन्धानका लागि खटिएका प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कडायत र दुर्गासिंह वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवामै छुटेका छन् ।

हुन त अनुसन्धान टोलीहरुले ठोस निष्कर्ष निकाल्न नसकेपछि अनुसन्धानको सुई पुरानै अभियुक्त दिलिपसिंह विष्टतिरै सोझ्याउने प्रयास पनि प्रहरीको उच्च स्रोतबाट भइरहेको छ । तर, अनुसन्धान अधिकृतहरुले ‘विज्ञानलाई चुनौति दिने’ आँट गर्न सकिरहेका छैनन् । किनभने, डीएनए परीक्षणबाट दिलिपसिंह बिष्ट थुनामुक्त भएको अवस्था छ ।

हालै यस प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएका एक प्रहरी निरीक्षकले अनलाइनखबरका सम्वाददातासँग सुनाए, ‘दिलिप सिंह नै दोषी हो भने कि त डीएनए मिल्नुपर्‍याे, होइन भने हेडक्वार्टरले डीएनए परीक्षण नै गलत छ भन्न सक्नुपर्‍याे ।’
अहिले पनि प्रहरी प्रधान कार्यालयले निर्मला हत्याको घटनालाई विशेष प्राथमिकता दिएर अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी रामदत्त जोशी उतैतिरका भएकाले प्राविधिक विश्लेषणमा लागि रहेका छन् ।

ब्युरोमा रहुञ्जेल एसपी सुदीप गिरीले पनि निर्मला प्रकरणकै अनुसन्धानमा समय खर्चिए । तर, उनलाई पनि प्रगति हात लागेन । यद्यपि, संकलित तथ्य र प्रमाणलाई निरन्तर अनुसन्धान गरिरहन सहयोग होस् भनेर उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको नेतृत्व दिइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट अनुसन्धानका लागि कञ्चनपुर गएका डीएसपी मनोहर भट्टको पनि इलाका प्रहरी कार्यालय, टीकापुरमा सरुवा गरिएको छ ।

स्रोतका अनुसार हाल महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स शाखाका एसपी गणेश चन्द कञ्चनपुरमै खटिएका छन् ।

यो पनि पढ्नुहोस
निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक निरज शाहीले निर्मला प्रकरणको फलोअपका लागि ब्युरोले केही अधिकृत कञ्चनपुरमै खटाएको अनलाइनखबरसँग स्वीकारे ।

‘अनुसन्धान अधिकृत त जिल्ला प्रहरी कार्यालयकै डीएसपी सा’ब हुनुहुन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले भने, ‘तर, प्राविधिक पक्षको अनुसन्धान र विश्लेषणका लागि हाम्रो टोली खटिएको हो ।’

शाहीका अनुसार शंकास्पद देखिएका विषयको निरन्तर निगरानी राख्ने काममा टोली सक्रिय छ ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रमेश थापा पनि निर्मला हत्या प्रकरणलाई प्रहरी मुख्यालयले उच्च प्राथमिकतामा राखेको बताउँछन् । थापाले अनलाइनखबरसँग भने, ‘हामीले विभिन्न विज्ञको सहयोग लिएर पनि अनुसन्धान गरिरहेका छौं ।’

अब गृहमन्त्रालयद्वारा गठित मैनाली नेतृत्वको छानविन समितिले निकालेका निश्कर्षहरु के कस्ता थिए भन्नेबारे चर्चा गरौं–

गृह मन्त्रालयले ०७५ भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको थियो । छानविन समितिका सदस्यहरुमा डीआइजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआइजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी थिए ।

समितिको म्याद १५ दिन दिइएको थियो, पछि १५ दिन म्याद थपेर समितिले प्रतिवेदन गृहमन्त्रालयलाई बुझायो ।

प्रतिवेदन सार्वजनिक हुनुपूर्व असन्तुष्ट देखिएकावीरेन्द्रबहादुर केसीले प्रतिवेदनमा फरक मत जनाएका थिए । केसीले दिलिप सिंह विष्टलाई चरम यातना दिएर अपराध स्वीकार्न लगाउनेमाथि प्रहरीमाथि मुलुकी अपराध (संहिता) ऐनको दफा ३६ अनुसार कारवाही गर्न मागसमेत गरेका थिए ।

छानविन समितिलाई दिइएका मुख्य तीनवटा कार्यभारमध्ये पहिलो थियो– मृतक निर्मला पन्तको हत्यासम्बन्धी घटनाको विस्तृत छानविन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्ने ।

निर्मला पन्तको शव भेटिइसकेपछि दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै स्थानीयवासी र पीडित परिवार आन्दोलित भए । नगरपालिका प्रमुख सुरेन्द्र विष्ट शव फेला परेको स्थानमा आउनुपर्ने, पीडितलाई सहानुभूति दिनुपर्ने र अनुसन्धानमा सहयोग गर्नुपर्ने माग भयो । नाराबाजी भयो ।

पीडितहरुले पोष्टमार्टमका लागि शव महाकाली अञ्चल अस्पतालतर्फ लैजाने क्रममा नगरपालिकाको मूल प्रवेशद्वारामा शव केहीबेर राखेर प्रदर्शन गरे ।

साउन १२ र १३ गते अस्पताल परिसर र आसपासमा हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन भयो । र, साउन १४ गते विरोधकै बावजुद निर्मलाको दाहसंस्कार भयो । यो जति पनि गतिविधि भइरहेको थियो, त्यो प्रहरी प्रशासनले पीडित र स्थानीयवासीहरुलाई आश्वस्त पार्न नसकेकै कारण ‘शान्तिपूर्ण दबाव’ कार्यक्रम भएको थियो भन्ने गृहको प्रतिवेदनले स्वीकारेको छ ।

गृहको प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ, ‘विविध माध्यमबाट शान्तिपूर्ण दबाव दिँदैआएको थियो । त्यस क्रममा स्थानीय हेलेन श्रेष्ठ र मीना भण्डारीको नेतृत्वमा संघर्ष समितिहरु पनि गठन भएका थिए ।’

प्रतिवेदनमा उल्लेखित घटनाक्रम हेर्दा निर्मला हत्या प्रकरणमा स्थानीय प्रहरीको लापरवाही वा कमी कमजोरीलाई स्पष्टसँग देखाइएको छ ।

र, सोही लापरवाहीको कारण देखाउँदै तत्कालीन एसपी डिल्लीराज विष्टसहितका प्रहरी अधिकारीहरुलाई विभागीय कारवाहीको सिफारिस यो छानविन समितिले गृह मन्त्रालयलाई गरेको देखिन्छ ।

प्रतिवेदनको सार : अन्तै बलात्कार गरेर उखुबारीमा लास, एक जनाबाट मुस्किल

निर्मला पन्तको शव भेटिएको उखुबारीमा उखुको एउटा बोट सामान्य भाँचिएको बाहेक झाडी वा पातहरु मडारिएको अवस्था नरहेको छानविन प्रतिवेदनले पनि भनेको छ ।

घटना अन्तै गराएर लास उखुबारीमा फालिएको हुन सक्ने निश्कर्षमा छानविन समिति पुगेको छ । र, यो एकजना व्यक्तिबाट मात्रै सम्भव नभएको छानविन समितिको विश्लेषण छ ।

गृहको प्रतिवेदनमा ‘प्राप्त तथ्यहरुको मूल्यांकन र विश्लेषण’ खण्डमा भनिएको छ, ‘लासलाई पानीमा घोप्टो पारेर फालिएकाले बलात्कारका कुनै पनि दशी प्रमाण लिन नसकिने गरी घटना अन्तै घटाई नियोजितरुपमा उखुबारीमा फालेको जस्तो देखिने । वारदात त्यहीँ घटेको भए मृतकको मुखभित्र माटो, फोक्सोमा पानीको मात्रा हुनुपर्ने ।’

छानविन समितिको प्रतिवेदनमा अगाडि भनिएको छ, ‘मृतकको कापी नभिजेको र मिलाएर राखेको अवस्था तथा जिल्ला प्रहरी कार्यालयमा रहेको उक्त दसीलाई हाल हेर्दा पनि नीलो जेलपेनले लेखेको नोटकापी समेत पानीको कुनै असर नपरेको र रातभरि पानी परेको भन्ने आम नागरिक तथा प्रहरी कर्मचारीहरुसमेतको भनाइले लास उखुबारीमा नियोजित ढंगले ल्याई राखेको अनुमान गर्न सकिने ।’

यो पनि पढ्नुहोस

निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

गृहको प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘भिडियो फुटेज र सर्वसाधारणको भनाइअनुसार कापीहरु मिलाएर राखेको देखिन्छ, साथै भिजेको पनि देखिँदैन । तर, राति पानी परेको भन्ने प्रहरी, पीडित परिवार र आम नागरिकको भनाइ रहेको ।’

‘प्राप्त तथ्यहरुको मूल्यांकन र विश्लेषण’ खण्डमै अगाडि भनिएको छ, ‘अम्बाको प्लाष्टिक कहीँ कतै नच्यातिएको अवस्थाले गर्दा जबरजस्ती साइकल पल्टाई वालिकालाई लगेको भए वालिकाका कापी मिलाएर राखेको जस्तो र अम्बाको प्लाष्टिक नच्यातिएको अवस्थामा रहन नसक्ने ।’

तर, शव नजिकै अम्बा भेटिएको कुरा प्रहरीको मुचुल्कामा उल्लेख नहुनु र निर्मला पुगेको घरको अम्बाको रुख काटिनुलाई पनि छानविन समितिको प्रतिवेदनले शंकास्पद मानेको छ ।दिलीप सिंह विष्टबारे प्रतिवेदन के भन्छ ?

कतिपय मानिसहरुले अहिलेसम्म निर्मला पन्तको हत्यामा दिलीप सिंह विष्टको संलग्नता रहेको तर, उनलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि राजनीतिकरण भएकाले उनी फुत्किएको दाबी गर्दै आएका छन् ।

गृहको छानविन प्रतिवेदनलाई आधार मान्ने हो भने दिलीपसिंह विष्टमाथिको दाबीलाई पुष्टि हुन नदिने दुईवटा पाटा छन् – एक– सडक छेउको उखुबारीमा दिउँसै एकजना व्यक्तिबाट निर्मलाको बलात्कार गर्न नसक्ने छानविन समिति बताउँछ । दुई– डीएनए परीक्षणलाई नै अचूक प्रमाण मान्ने हो भने निर्मलाको भजाइनल स्वाबसँग दिलिप सिंह विष्टको डीएनए म्याच नभएको स्थिति छ ।

न्यायको माग गर्दै पीडितको सहभागितामा स्थानीयको आन्दोलन चलिरहेकै बेला पक्राउ परेका भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई कञ्चनपुर प्रहरीले ०७५ भदौ ४ गते निर्मला पन्त हत्याका अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

प्रदर्शनकारीले विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रहरीविरुद्ध थप आन्दोलन गरेका थिए । तर, आन्दोलन शान्तिपूर्ण अवस्थाबाट हिंसात्मक बाटोतिर मोडियो । त्यही क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर भदौ ८ गते १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भयो । केही प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भए ।

दिलिपसिंह विष्टबारे गृहको प्रतिवेदनले भन्छ, ‘मानसिक सन्तुलन ठीक नभएको भनिएका विष्ट दोषी हुन नसक्ने भन्दै असन्तुष्ट स्थानीय व्यापारी व्यवसायीहरुसमेत स्वस्फूर्तरुपमा आन्दोलित भएका थिए ।’

गृहको छाननिव प्रतिवेदनमा यो पनि दाबी गरिएको छ, ‘दिउँसोको समय मान्छेको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिकरुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिने । लास भेटिएको स्थलमा पानी र हिलो माटोका कारण जोरजुलुम गरी शारीरिक सम्पर्क गर्न मिल्ने अवस्था नरहेको । झाडी माडिएको हुनुपर्ने, त्यो पनि नभएको ।’

दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दै प्रहरी ।

तथापि सीआइबीका डीएसपी अंगुर जीसीले उपलब्ध गराएको कागजमा भने दिलिपसिंह बिष्टले उखुबारीमा बलात्कारपछि भोकल कर्ड थिचेर मारेको हुँ भन्ने व्यहोरा उल्लेख गरेको गृहको प्रतिवेदनमा छ ।

दिलिपसिंह विष्ट दोषी देखिने गरी कञ्चनपुर प्रहरी र सीआइबीको टोलीले गरेको अनुसन्धानमाथि गृहको छानविन प्रतिवेदनले विभिन्न प्रश्न उठाएको छ । जस्तो– लास जाँच मुचुल्कामा निर्मलाकी आमाको सहीछाप नगराइएको, बरामदी सामानको मुचुल्का र घटनास्थल प्रकृति मुचुल्का नमिलेको र मुचुल्का सच्याउन प्रहरीले पत्राचार गरेको जस्ता विषयमाथि छानविन प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

निर्मला हराएकै दिन राति अबेरसम्म प्रहरीलाई हारगुहार गर्दा पनि सुनुवाइ नभएको भीमदत्त नगरपालिका वडा सदस्य रविन्द्र तिवारीले वयान दिएका छन् ।

गृहको छानविन समितिलाई निर्मलाका पिताले दिएको वयानमा दिलिपसिंहको कपडाका टुक्रा र कण्डम घटनास्थलमा भेटिएको भन्दै प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन पटक–पटक धम्की दिएको उल्लेख छ । आफूलाई शव उठाउन पनि दबाव दिइएको निर्मलाका पिताले गृहको समितिलाई वयान दिएका छन् ।

यो प्रकरणको अनुसन्धानका क्रममा ७० भन्दा बढीलाई सोधपुछ गरिएको, तर कुकुर प्रयोग नगरिएको, भदौ ४ गतेको बरामदी मुचुल्का र साउन ११ गतेको घटनास्थल प्रकृति मुचुल्कामा फरक– फरक सामानको विवरण उल्लेख भएको । भदौ ४ गते सीआइबीको टोलीले नासपाती किनेर खाएको र कपडाका टुक्रा लिएर गएको वयानलाई पनि प्रतिवेदनमा समेटिएको छ । अम्बाको रुख काटिएको जस्ता कुराहरुलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

०७५ साउन ११ गते महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठको नेतृत्वमा तीनजना डाक्टरको टोलीले निर्मलाको पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमको रिपोर्टले घाँटी थिची हत्या गरिएको र अगाडिपट्टि किलकिलेको हड्डी भाँचिएको बताएको छ । साथै यौनाङ्गको हाइमेनका आधारमा हत्यापूर्व बलात्कार भएको डाक्टरी रिपोर्टले देखाएको छ ।

निर्मला पन्तको यौनाङ्गमा वीर्य नभेटिएको तर स्वाव संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको उल्लेख छ । निर्मलाको स्वाबसँग दिलिपसिंह विष्टको डीएनए म्याच गराउँदा म्याच नभएपछि त्यही रिर्पोटका आधारमा बिष्ट छुटेको अवस्था छ ।

त्यसो त यसवीचमा निर्मलाको भजाइनल स्वाबबाट निकालिएको डीएनएमाथि प्रश्न उठेपछि अन्तर्राष्ट्रिय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय