
काठमाडौं :
नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन् । शनिबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
साथै मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए ।
उनले अघि भने, ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’
ओलीले आफूबाहेक जनताको काम गर्ने देशमा कोही नभएको दाबीसमेत गरेका छन् ।
सँगै ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठक राखेको भन्दै उपस्थित हुन सबैलाई आह्वान गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालतर्फ लक्षित गर्दै बैठकमा उपस्थित हुन आह्वान गरेका हुन् ।