शुक्रबार , चैत्र १६, २०८०

प्लेन दुर्घटनामा बाँच्न सफल भाग्यमानी केशव || Plane Crash in Nepal

र यो पनि।
। लोडसेडिङको लम्बेतान तालिकाले देखाउँछ, १८ घण्टा त अध्याँरोमा बस्नुपर्नेछ ।

यो अन्धकारमा एकाथरी अन्यौल भविष्य र अत्यासले सुस्केरा हाल्दै रात कटाइरहे, अर्कोथरी अकुत धनदौलत थुपार्न सल्बलाइरहे । १८ घण्टासम्मको अन्धकारले मुलुकलाई कति पछाडि धकेल्यो ? कति उद्यम–व्यवसाय चौपट भयो ? कतिको सपना तुहियो ? कतिले घर छाडे ? कति चिन्ता र डिप्रेसनले ग्रस्त भए ? कति आत्महत्या गर्न बाध्य भए ? लेखाजोखा गरिसाध्य छैन । यही कुटिल र जटिल पृष्टभूमीमा उदय हुन्छ, कुलमान घिसिङको ।

सिनेमाका नायक झै भ्रष्ट व्यवस्थामाथि निर्भिकतासाथ हस्तक्षेप गर्दै उद्घोष गर्छन्, ‘अब तपाईंहरुले अध्याँरोमा बस्नुपर्दैन । निर्धक्क विजुली बाल्नुभए हुन्छ । अब सधै–सधैका लागि लोडसेडिङ अन्त्य भएको छ ।’ नभन्दै विद्युत प्राधिकरणको शब्दकोशबाट ‘लोडसेडिङ’ हट्छ । अविछिन्न बिद्युत अपूर्तिले मुलुक धपक्कै बल्छ ।

के कुलमान घिसिङले छुःमन्तर गरेर यस्तो संभव भयो ? के उनीसँग जादुको छडी थियो ? एकदमै हार्दिकतासाथ कुलमान घिसिङ भन्ने गर्छन्, ‘मैले त त्यस्तो केही गरेको होइन । बस् आफ्नो कर्तव्य मात्र निर्वाह गरेको हो ।’ एउटा इमान्दार कर्मचारीले आफ्नो कर्तव्य बोध गरिदिँदा र त्यसलाई दृढतासाथ पालना गरिदिँदा कत्रो कायपलट ?

आखिर उनी को हुन् र ? रामेछापको एउटा विकट गाउँमा हुर्केका मामुली किसानको छोरो । स्कुले जीवनभर उनले बिजुली देखेनन्, टुकी बालेर पढे । पाँच कक्षा पास गरेर काठमाडौं आए । काठमाडौं आएपछि उनले देखे झिलिमिली बिजुली । यो उज्यालो देखेपछि उनले प्रण गरे, ‘मेरो गाउँ बेथानमा पनि यसरी नै बिजुली बाल्छु ।’ काठमाडौंमा आफ्ना दाइहरुसँग बसेर उनले पढे । पढाईमा मिहेनती । मेधावी । पढ्दै गए र छात्रावृत्तिमा भारतमा पढ्न गए । त्यहाँबाट फर्कदा उनको हातमा बिएस्सी इलेक्ट्रिक इन्जिनियरको प्रमाणपत्र थियो । हृदयभरी थियो, नयाँ जोश र उर्जा ।

अन्ततः स्वदेश फर्किएर उनी विद्युत प्राधिकरणमा सातौ तहको इन्जिनियरको जागिरे भए । यता जागिर यथावत छ, उता पुल्कोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे । त्यसैगरी पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि सकाए । एकातिर प्राविधिक ज्ञान, अर्कोतिर व्यवस्थापकिय गुण । यही ज्ञानगुणले बनायो उनलाई, उज्यालोको पर्याय ।

उनले क्याम्पसमा जे पढे, व्यवहारिक जीवनमा त्यसैको उपयोग गरे । चिलिमे जलविद्युतको जिम्मेवारी पाएपछि उनले आफ्नो क्षमतालाई भरपुर प्रयोग गरे । आखिरमा छोटो समयमै चिलिमे परियोजनालाई सफलताको विन्दुमा पु¥याइदिए । तर, पछि उनलाई उक्त परियोजनाबाट विच्छेद गरेर केन्द्रमा तानियो । दुई बर्षसम्म भूमिकाविहिन बनाइयो । उनलाई कतिसम्म गलाइयो भने, राजीनामा दिने मुडमा सम्म पुगे ।

जब तत्कालिन सरकारले उनलाई सुयोग्य देखेर प्राधिकरणको कप्तानी हाँक्ने जिम्मेवारी दिए, तब उनले आफ्नो जुझारु र कर्मठ अवयवलाई गतिशिल बनाइरहे । घरको तातो भात र न्यानो ओछ्यान छाडे । भोग–विलास र ऐश आरम त्यागे । त्यही त्यागको प्रतिफल थियो, मुलुकको उज्यालो ।

अनेक प्रपञ्च रचेर दिनदिनै लोडसेडिङको तालिका निकाल्ने तत्कालिन विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले र उनलाई आड दिने नेता, साथ दिने कर्मचारी, हात दिने व्यापारीले कसरी यत्तिका बर्षसम्म मुलुकमा अँध्यारोको बिजनेस गरिरहेका रहेछन् ? जनताले थाहा पाए । इन्र्भटर, जनेरेटर, सोलार प्लान्ट आदिको धन्दाबाट अकुत दौलत थुपार्नका लागि कतिसम्म घटिया तौर–तरिका अपनाइएको रहेछ ? जनताले थाह पाए । कुलमान घिसिङ जस्तो सदाचारी र कर्मयोगी यो भ्रष्ट व्यवस्थाको क्रमभंग नगरिदिएको भए आज पनि हामीले सुस्केरा हाल्नुपथ्यों, लोडसेडिङको तालिका हेर्दै ।

महावीर पुन : अर्थात उर्जा
म्याग्दीको विकट गाउँमा जन्मिएको एउटा ठिटो छात्रवृत्तिमा पढ्न अमेरिका पुग्छन् । नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नात्तकोत्तर सकाउँछन् । अनि आफ्नै गाउँ नांगी फर्कन्छन् । त्यही गाउँ जहाँ उनका कलिला खुट्टाहरुले हिँड्न सिक्यो । सानो छँदै बसाई सरेर छाडेको गाउँमा बर्षौंपछि फर्कदा उनलाई कसले चिन्ने ? तर, उनी त्यही गाउँबाट यस्तो कामको थालनी गर्छन् जसले विश्वमाझ उनलाई चिनाइदिन्छ ।

आखिरमा ब्रान्ड बन्छ, महावीर पुन।
गोर्खा आर्मीका छोरो महावीर पुनले आफ्नो पढाईं सकाएर पढाउने काम गरे । सोही क्रममा छात्रवृत्ति पाएर अमेरिका पुगेका उनी स्नाकोत्तर गरेर गाउँ फर्किए । गाउँमा हिमाञ्चल उमाबि स्थापना गरे । त्यो दूरदराजको गाउँमा उनलाई कम्प्युटर प्रणालीबाट पठनपाठन गराउने हुटहुटी जाग्यो । उनले देश–विदेशमा बस्ने साथीभाई गुहारे र कम्प्युटर जोरजाम गरे ।

कम्प्युटर चलाउनका लागि स्थानिय खोलाबाट विद्युत उत्पादन गरे । यतिमै उनी रोकिएनन् । गाउँभर इन्टरनेटको व्यवस्था गर्ने योजना बनाए । उनको यो महत्वकांक्षी योजनालाई बिबिसीले प्रसार गरिदियो । अन्ततः विश्वभरका कतिपय दाता उनको कामलाई होस्टेमा हैंसे गर्न तत्पर भए । त्यसरी जुटेको सहयोगबाट उनले नांगी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेट सुविधा दिलाए । सन् २००३ मा यी दुई गाउँ इन्टरनेटबाट विश्वसँग जोडियो ।

गीतामा एउटा वाक्यांश छ, ‘कर्म गर तर फलप्रति आशक्तिरहित भएर ।’ महावीर पुन कुनै लाभ-हानीको हिसाब गरेर यो कर्ममा लागेका थिएनन् । उनलाई त केवल सार्थक कर्म गर्नु थियो । आखिर यही कर्मले उनलाई म्यागसेसे सम्मान दिलायो । र, फराकिलो चिनारी पनि । यही चिनारी बोकर आज महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका सारथी बनेको छन् । उनी त्यही रातदिन खटिन्छन् । बेलामौकामा रमाइलो गर्छन् । राष्ट्रिय आविष्कार केन्द्रलाई नयाँ खोज–अध्ययन र आविष्कारको थलो बनाउन मरिमेटेका छन् ।

गोविन्द केसी : अर्थात सत्यग्राही
एउटा लिखुरे ज्यान । झोलातुम्बी बेकेका छन् । दूरदराज चाहरेका छन् । स्टेथोस्कोप भिरेर गरिब–निमुखाको घर–दैलोमा पुगेका छन् । रोगीहरुको जाँच, उपकार गरेका छन् । जहाँ जे भेट्छन्, त्यही खान्छन् । न उनलाई लुगाफाटोको पर्वाह छ, न खानेकुराको । हिँड्ने, बस्ने केही कुराको चिन्ता छैन । आफ्नै जीवन र भविष्यको पनि । चिन्ता छ त, जन स्वास्थ्यको ।

जन–स्वास्थ्यका खातिर उनी सरकारमाथि खबरदारी गर्छन् । औंला उठाउँछन् । र, बेलाबखत त राज्य संयन्त्रलाई नै आच्छु–आच्छु बनाइदिन्छन् । सत्यमा कत्रो तागत ? उनी यसकारण आफ्नो ज्यानलाई बाजी लगाइरहन्छन्, ताकि मुलुकको स्वास्थ्य संयन्त्रको शुद्धिकरण होस् ।

उनी अविवाहित छन् । आफ्नो तलब र अहिले निवृत्तिभरणबाट आउने पैसा समेत विपन्नको स्वास्थ्य उपचारमा खर्च गरिरहेका छन् उनी । देशका कुनाकाप्चा पुगेर उनले निःशुल्क स्वास्थ्य सेवा दिइसकेका छन् ।

न उनलाई सुकिलो–मुकिलो भएर अस्पतालको शोभा बढाउनुछ, न हतार–हतार क्लिनिकहरुमा फन्को लगाएर बैंक ब्यालेन्स बढाउनुछ, न कसैको आङ कन्याइदिएर पद र प्रतिष्ठा हत्याउनुछ । यि सदाचारीलाई त त्यतीमात्र भइदिए पुग्छ, जनस्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र च्याँखे दाउ हान्ने अखडा नबनोस् । स्वास्थ्य संयन्त्रहरु चुस्त र भरपर्दो बनोस् । गरिब–निमुखाले अकालमा ज्यान गुमाउन नपरोस् । स्वास्थ्य सेवा सबैको घर–घरमा पुगोस् ।

खासगरी नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि उनले अहिलेसम्म २ सय ४० भन्दा बढी दिन त अनशनमै बसिसकेका छन् । पटक पटक अनशन बसेपछि कतिपय सुधार समेत भएको छ । जस्तो कि, चिकित्सा शिक्षा ऐन आएको, विद्यार्थी भर्ना र कलेजका सम्बन्धनमा हुनेगरेका अनियमितता नियन्त्रण भएको, एमबीबीएस शुल्क जथाभावी असुल्ने धन्दा रोकिएको आदि । सरकारी कोटामा छात्रवृत्ति पाएर चिकित्सक बनेका डा. केसीले २७ बर्ष शिक्षण अस्पतालमा काम गरे । तीन दशक बढी स्वास्थ्य क्षेत्रमा खटिए ।

सन्दुक रुइत : अर्थात ज्योति
तिलगंगा आँखा अस्पतालको मूल ढोकाबाट बर्षेनी एक लाख व्यक्ति प्रवेश गर्छन्, जसलाई आफ्नो बाटो पहिल्याउन पनि अरुको साहारा चाहिन्छ । किनभने उनीहरुसँग दृष्टि हुँदैन । तर, अस्पतालबाट बाहिरिदै गर्दा उनीहरुका दुई आँखाले संसार हेर्न सक्छन् । हँसिलो अनुहार र मनभरी शुभेच्छा बोकेर उनीहरु अस्पतालबाट बाहिरिन्छन् । अतः उनीहरुका दृष्टिदाता हुन्, डा. सन्दुक रुइत ।

हिसाब किताब गर्ने हो भने, एक लाख २५ हजारभन्दा बढीको आँखाको ज्योति फर्काइदिएका छन् डा. सन्दुक रुइतले ।
डा. रुइतको दृढता, लगाव, इमान, कर्म, निरन्तरता र संकल्पको नतिजा, आज नेपाल आँखा उपचारका लागि एक भरपर्दो थलो बनेको छ । सस्तो र प्रभावकारी उपचारका लागि उदाहरण बनेको छ । नेपालका कुना कन्दराबाट मात्र होइन, भारत, चीन, पाकिस्तान, भुटान जस्ता देशबाट समेत तिलगंगामा आँखाको उपचारका लागि लस्कर लाग्ने गरेको छ । र यसबाट विश्वमा सन्देश पुगेको छ, ‘नेपालमा अन्धोपन निवारणकालागि राम्रो समाधान छ ।’

ताप्लेजुंगको विकट गाउँ ओलाङचुङगोलाम जन्मेका उनले सोचेका थिएनन्, कुनै दिन डाक्टर बन्नेछु । डाक्टर बनेरै सबैको श्रद्धा बटुल्नेछु । बुवाले पढ्नका लागि दार्जिलिङ पठाए । त्यसपछि उनी काठमाडौं आए । बहिनीसँगै बसेर पढ्न थाले । बहिनीलाई क्षयरोग लाग्यो । तर, जति उपचार गर्दा पनि बहिनीलाई बचाउँन सकिएन । बहिनीको मृत्युले उनलाई जीवनको उदेश्य र अर्थप्रति प्रश्न गर्न मन लाग्यो ।

यही प्रश्नले उनलाई डाक्टर बन्न उक्सायो । त्यसपछि उनी भारतको लखनउमा पढेर नेपाल फर्किए । बीर अस्पतालमा काम गरे । त्यहाँ उनी आँखा विभागमा काम गर्न थाले । सोही बखत एउटा क्याम्पमा पुगेका उनलाई आँखाको डाक्टर बन्न प्रेरित ग¥यो । पछि उनले तीलगंगा अस्पताल सुरु गरे । यसमा उनलाई डा. रीता गुरुङको साथ छँदै थियो । दुई वटा कोठाबाट सुरु गरेका तीलगंगा अस्पताल अहिले आँखा उपचारका लागि देश त्यसबेला उनीहरु अहोरात्र काममा खटिन्थे । खासगरी मोतियाविन्दु भएका विरामीको शल्यक्रियामा उनले ठूलो सफलता हासिल गरे । तर, यसपछाडिको संघर्ष पनि कम्ता घतलाग्दो छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय