बिहिबार , बैसाख ६, २०८१

काठमाडौं।

नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको विषयमा क्याविनेटमा आफूहरु अध्ययनमा रहेको बताएका छन् । र, यो विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन र खोजी नीति हुने पनि प्रतिक्रिया दिएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

तपाईँले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, तपाईँ त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रष्ट पारिदिनुहोस न भनेर पत्रकारले सोधेको प्रश्नमा उनले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको पनि स्पष्ट पारे ।

बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरुको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकोले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए ।

उनले भने,‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबल, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो ।

हो, मैले भनेको कुरा के हो भने–हो, यी कुरा उठेका छन् । यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ । मैले यत्ति भनेको हो । मैले आँफै उब्जाएर भनेको होईन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो ।’

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे ।

उनले अब लोडसेडिङ हुने कुनैपनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनेपनि उनले घोषणा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय