बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

स्थायी कमिटी बैठकले बर्तमान सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ ।

साथै एमालेमा गएका सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न माओवादी केन्द्रले पत्र लेख्ने भएको छ ।

शनिवार बिहान भएको बैठकले एमालेमा गएका सांसदहरुलाई २० घण्टे अल्टीमेटम दिएको हो ।

शनिबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय