मंगलबार , माघ १७, २०७९

वास्तवमा हामी डरपोक छौ । डराएका छौ । भयाभित छौ । त्यही डर एवं भयाबाट मुक्ति पाउनका लागि भगवानको शरणमा पर्छौ । हामी मन्दिर धाउँछौ, यसकारण कि भगवनले कृपा गरोस् । हामी पूजाआजा गर्छौ, यसकारण कि, भगवान खुसी भइदियोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

हामी उपवास बस्छौ, यसकारण कि भगवान सन्तुष्ट भइदियोस् । हामी धूपबात्ती बाल्छौ, यसकारण कि भगवानले गुनासो नगरोस् । हामी फूल-प्रसाद चढाउँछौ,

पूजाआज गर्छौ, यसकारण कि भगवानले चित्त नदुखाइदियोस् । सोच्नुहोस् त, हाम्रो भगवान यति धेरै लोभी, यति धेरै कुष्ठित, यति धेरै वेखुसी, यति धेरै असन्तुष्टि छन् रु जसलाई हामीले खुसी बनाइरहनुपर्छ ।

हामीले सन्तुष्ट बनाइरहनुपर्छ मन्दिर धाइरहेका एउटा व्यक्ति वास्तवमै डराएका हुन्छन् । उनलाई डर हुन्छ कि, मैले कुनै गल्ती- कमजोरी पो गरे कि रु उनलाई डर हुन्छ कि, कतै मेरो बिधी-विधान नपुग्ने पो हो कि रु

उनलाई डर हुन्छ, कतै मेरो ढंग पुगेन कि यस्तै डर एवं भय पालेर मन्दिर जान्छन् । जुत्ता खोल्छन् । परिक्रमा गर्छन् । मन्त्र जप गर्छन् । धूपबात्ती बाल्छन् ।

भगवानको प्रतिमा अघिल्तिर हात जोडेर झुक्छन् । र, मनमनै भन्छन्, ‘मेरो कल्याण गर । हामीले भक्ति-भाव देखाएर हाम्रो कल्याण हुन्छ रु के भगवानले हामो पुकारा सुन्छन् रु अझ हामी त भगवानसँग अनेक डिमान्ड गर्छौ,

त्यो पनि लोभ देखाएर । हे, भगवान मैले चिताएको फलानो काम पुरा भयो भने म अर्को पल्ट यस्तो भाकल पुरा गर्छु, यस्तो बली चढाउँछु ।

यो भनेको त भगवानलाई आशा देखाएको, लोभ देखाएको होइन र रु के भगवान लोभी हुन्छन् । हामीले डिमान्ड गरेको पुरा गराउनका लागि उनलाई लोभ देखाउनु पर्छ धेरैजसो त्यही कारण मन्दिर धाइरहेका हुन्छन् कि, आफ्नो आकंक्षा, इच्छा परिपूर्ति गराउन पाइयोस् । उनीहरुले धूप बाल्नु, दियो जलाउनु, आरती गर्नु, प्रार्थना गर्नु, परिक्रमा गर्नु, भोक चढाउनुमा ठूलो स्वार्थ लुकेको हुन्छ ।

कुनैपनि व्यक्ति विना स्वार्थ मन्दिर धाउँदैन । भगवानको शरणमा पुग्दैन ।जब मनमा स्वार्थ बोकेर हामी भगवानको शरणमा पुग्छौ, जब हामी लोभ र आशा बोकेर भगवानको शहरण पुग्छौ, त्यो कुनै सार्थक कर्म होइन ।के हामी भगवानप्रति आश्रति हुनुपर्छ । के हामी आफ्नो काम भगवानमार्फत गराउनुपर्छ ।

नेतालाई भनसुन गराए जस्तै भगवानलाई पनि भनसुन गराउनुपर्छ । वास्तवमा हामी गलत शैली अपनाइरहेका छौ । यसैलाई संस्कारको रुप दिएका छौ । हामी गलत संस्कारको अभ्यास गरिहेका छौ ।यसको अर्थ यो होइन कि, मन्दिर धाउनु हुँदैन । पूजाआजा गर्नु हुँदैन । देवी(देवताप्रति आस्था राख्नुपर्छ । घण्ट(शंख बजाउनुपर्छ । आरती एवं प्रार्थना गर्नुपर्छ ।

यी सबै गर्नुपर्छ, तर बुझेर, जानेर ।मन्दिर किन धाइन्छ, पूजापाठ किन गरिन्छ, जपतप गर्नुको अर्थ के छ, धूपबात्ती बाल्नुको महत्व के छ, शंख(घण्ट बजाउनुको कारण के हो रु यी सबैको वैज्ञानिक कारण छ । जब हामी धर्मलाई विज्ञानसँग जोड्दैनौ, त्यो ढोंग हुन्छ । आडम्बर हुन्छ । अन्धविश्वास हुन्छ । यसर्थ हामीले गर्ने जे जति धार्मिक कार्य छ, त्यसलाई वैज्ञानिक ढंगले केलाउनैपर्छ ।मन्दिर किन धाउने रु यसको वैज्ञानिक कारण छन् ।

धुपबात्ती बाल्नुको बैज्ञानिक अर्थ छ । शंख र घण्ट बजाउनुको वैज्ञानिक महत्व छ । यी कुनैपनि काम ‘भाकल पुरा गराउन’ होइन ।पूजाआजा गर्नु, धूपबात्ती बाल्नु, शंख घण्ट बजाउनुको आत्मिक र भौतिक दुबै महत्व छ । मनदेखि पर्यावरणसम्मलाई शुद्धिकरण गर्ने यी विधी हुन् । यी विधीमा वैज्ञानिक तथ्य छन् ।

विभिन्न वनस्पतिको धूप बाल्नु भगवानलाई खुसी बनाउन होइन । बरु वायुमण्डलमा रहेको जीवाणु नष्ट गरेर शुद्धिकरण गर्नु हो । यसको प्रभाव स्नायु प्रणालीमा पनि पर्छ । शंख बजाउनुको पनि यस्तै अर्थ र महत्व छ ।

हामीले यी सबैको मर्म र महत्वलाई बुझ्नुपर्छ । कुनैपनि कुरा जब बुझेर गरिन्छ, तबमात्र त्यसको प्रतिफल लिइन्छ । अन्धधुन्द वा भ्रममा परेर गरिने कुनैपनि कर्मले सार्थक नतिजा दिदैन । केवल भ्रममै मात्र पार्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय