शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको अतिवादको अन्त्य हुने बताएका छन् । अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज लगायतको निर्णयको सही र सशक्त ढंगले प्रतिवाद गर्ने बताए ।

नेपाल पक्षको स्थायी कमिटीको बैठकपछि समाजिक सञ्जालमार्फत भट्टराईले भने, ‘विचलित नहोऔ,धैर्यता र संयमता नगुमाऔँ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ, एकताको विकल्प छैन, अतिवादको अन्त्य हुनेछ ।’

ओलीले नेपाल पक्षका भट्टराईलाई प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट हटाएर प्रदीप ज्ञवालीलाई तोकिएका छन् ।

शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा. राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।

प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज तोकेको छ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल भने यथावत रहेका छन्।

ओली पक्षीय केन्द्रीय कमिटि बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय