बिहिबार , बैसाख १३, २०८१

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तिर्थयात्रु बोकेको बस दुर्घटना हुदा ४५ जना भारतीय नागरिक घाईते भएका छन् । माघे औँशिको अवसरमा पुर्वि नवलपरासीको त्रिवेणी स्थीत

नारायणी नदिमा स्नान गरेर फर्कदै गरेका तिर्थयात्रु बोकेको युपि १६ एफ टि ७४६६ नम्बरको भारतिय बस ब्रेक फेल हुदा पाल्हीनन्दन गाँउपालिकाको रमवापुरमा दुर्घटना भएको हो ।

दुर्घटना परि घाईते भएकाहरुको अहिले पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । बसमा ६५ यात्रु सवार थिए । माघे औँशिमा त्रिवेणीमा ठुलो मेला लाग्ने गर्दछ । उक्त मेलामा भारत बाट हजारौँ श्रद्धालु स्नान गर्न आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय