बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार जनता समाजवादी पार्टीले राखेका मागका विषयमा सरकार गम्भीर रहेको र उसले उठाएका मुद्दामा सरकार सकारात्मक छ।

माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन्।

यहीँ सिलसिलामा पार्टीका प्रमुख ५ नेतासँग उनले बिहिबार साँझ छलफल गरेका हुन्।

प्रधानमन्त्रीसँग छलफलका लागि जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई बालुवाटार पुगेका थिए ।

उनीहरुले संविधान संशोधनलगायत आफ्ना पुराना मागमा सहमत हुने दलसँग मात्रै सहकार्य हुन सक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय