बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहलाई शास्त्रार्थको चुनौती दिएका छन् । वैज्ञानिक समाजवाद विषयक शास्त्रार्थमा हारेमा विप्लवकै पछि लाग्न तयार भएको बताए ।

शास्त्रार्थका लागि तयार छु, प्रचण्डले आज जनयुद्धका सहिद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रमा बोल्दै विप्लव समूहलाई भने, तपाईंहरुले जित्नुभयो भने पछि लाग्न तयार छु । प्रचण्डले शास्त्रार्थमा जित्नेलाई मान्ने गरी सहमतिमा बस्न समेत प्रस्ताव गरे ।

विप्लव समूहका नेता अनिल शर्मा विरहीले उक्त कार्यक्रममा शास्त्रार्थको प्रस्ताव गरेपछि प्रचण्डले चुनौतीका साथ तयार रहेको बताएका थिए ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा धेरै उपलब्धि हासिल भएको उनको भनाई थियो । जनयुद्धको उपलब्धिलाई ध्वस्त पार्ने प्रयास भएको प्रचण्डको आरोप थियो ।

उनले अबको युद्ध शान्तिपूर्ण हुने र विप्लव समूहसहित सबै एक ठाउँमा आउने अवस्था बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय