बिहिबार , चैत्र १५, २०८०

फागुन ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्षसहित पदाधिकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार जाने भएका छन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् ।

माओवादी केन्द्रले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

यही सेरोफेरोमा सत्ता समिकरणको लागि दलका नेताहरु भेटवार्तामा व्यस्त छन् । सत्ता समिकरणमा अहिले प्रतिपक्षी दल जसपा नेपाल निर्णायक देखिएको छ ।

जसपा अहिले तानातानामा परेको छ । प्रधानमन्त्री ओलीले जसपालाई साथ लिएर आफ्नो सत्ताको आयु लम्ब्याउने तयारी गरेका छन् ।

त्यसको लागि एमाले र जसपाबीच कार्यदल समेत बनाईएको छ । र, नेताहरुले छलफल समेत गरिरहेका छन् ।

ओलीले अरुको शिकारमा विषाक्त घाँस हाल्दैछन्, उनी एक मिनेट सत्तामा बसिरहने तुक छैन् : भट्टराई

आज साँझमात्रै जसपा नेपालका पदाधिकारीहरु प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाँदैछन् ।

अध्यक्षद्धय महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई बालुवाटार जान लागेका हुन् । उनीहरुबीच सत्ता साझेदारीको लागि कुराकानी हुने बुझिएको छ ।

यद्धपी यसअघि बाबुरामले प्रधानमन्त्री ओलीलाई विस्थापित गरेरै छाड्ने बताउँदै आएका थिए ।

हिजोमात्रै पनि उनले प्रधानमन्त्री ओलीलाई एक मिनेटपनि सत्तामा बस्ने आधार नभएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय