बिहिबार , बैसाख ६, २०८१

चितवन- श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेपछि टुहुरा बनेका चार वर्षका छोरालाई गृहमन्त्री रबि लामिछानेले पढाउने जिम्मा लिएका छन् । आमाबुबा नभएका छोराको पढाइ नबिग्रियोस भनेर रविले राम्रो स्कुलमा हामि पढाउछौ भनेर जिम्मा लिएका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि रानाले पासो लगाएर आत्महत्या गरेका हुन् ।

सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका हुन् ।
उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए ।

‘ श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रैछ’ , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झुण्डिएको हो । नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले हत्याको रुप लिएको हो । पोष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।’

शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई जनताले अपेक्षा गरेर पठाएको बताएका छन्। बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर दोषीलाई कारबाही गर्ने बताए।

उनले भने, मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन्। मैले आफ्नो स्वाद अनुसारले न्याय अन्याय छुट्याउने र अनुसन्धानमा प्रभाव गर्ने गर्न पाउँदिन। तपाईँको मागमा कुन ढंगले अनुसन्धान अगाडि बढ्छ भनेर हेरिरहेका छौँ। अघिल्लो पटक भएको कमीकमजोरीले न्याय निरूपणमा ढिलाइ भयो कि। त्यो कमजोरीहरूलाई पनि सच्चाउनु छ।’

उनले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष गरे। घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरे।

यसैबीच चितवनको सौराहाका होटल तथा पर्यटन व्यवसायीहरुले चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था मिलाइदिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समक्ष माग गरेका छन् ।

बिहीबार साँझ सौराहा पुगेका लामिछानेलाई स्वागत गर्दै सौराहाका व्यवसायीहरुले संयुक्त रुपमा उक्त माग गरेका हुन् । क्षेत्रीय होटल संघ नेपाल चितवन कार्यवाहक अध्यक्ष, योगेन्द्रनाथ अधिकारी, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारी, रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपालका अध्यक्ष नरेश गिरी र नेचर गाइड एशोसियसनका अध्यक्ष राजेन्द्र धामीले संयुक्त रुपमा व्यावसायीहरुका समस्यासहितको ७ बुँदे ज्ञापन पत्र उपप्रधानमन्त्री लामिछानेलाई बुझाएका छन् ।

सौराहामा पर्यटन चलायमान हुँदै आएको अवस्थामा एक्कासी कोराना महामारीबाट सम्पूर्ण व्यवसाय ठप्प हुँदा पर्यटन व्यवसायीहरुलाई ठूलो आघात पुगेकाले कतिपय पलायनको खतरामा रहेको गुनासो उनीहरुले गरेका थिए । व्यावसायीहरुले पर्यटन प्रवर्द्धनका लागि रात्रीकालिन उडानको व्यवस्थाका लागि सम्बन्धित विभागमा पहल गरिदिन अनुरोध समेत गरे ।

भरतपुर विमानस्थलको रनवे छोटो भएकाले र विमानस्थलबाट पूर्वतर्फ बनेका भौतिक संरचनाहरुका कारणले विमानस्थलमा रात्रीकालिन उडान हुन तथा ७२ सिटे जहाज आउन सकेका छैनन् ।

व्यावसायीहरुले सौराहास्थित बछौली प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न, पर्यटन व्यावसायलाई उद्योग सरह मान्यता दिन, निजामती कर्मचारीलाई भ्रमण काजको व्यवस्था कार्यान्वयन गर्न, पर्यटन व्यवसायीहरुलाई पनि कृषि क्षेत्रमा जस्तै ऋण अनुदान दिन लगायतका माग समेत राखेका छन् ।

हाल निर्माण कार्य भइरहेको मुग्लिन–नारायणगढ सडकखण्डले काठमाडौं तथा पोखराबाट छुट्ने पर्यटकीय बसहरुलाई समयमा नै पार गर्नको लागि हाल तोकिएको विहान ११ः०० बजेको समय अपुग भएकाले सो समयलाई बढाएर १२ बजे बनाएर मात्र निर्माण कार्य शुरु गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा विदेशी पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधिलाई बढाएर कम्तीमा ३ दिन पु¥याउनका लागि पहल गरिदिन आग्रहसमेत गरे ।

जवाफमा गृहमन्त्री लामिछानेले व्यावसायीहरुका समस्याहरु क्रमशः समाधान गर्दै जाने आश्वासन दिए । उनले विभागीय मन्त्री बनेपछि मन्त्री समक्षसमेत व्यावसायीका समस्या राख्ने बताए ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा १५० वटा होटल तथा १०० भन्दा रेष्टुरेण्ट, सफारीमा प्रयोग हुने ६० वटा हात्ती व्यवसायी र लगभग ४८० जना पथ प्रदर्शक लगायत ४५ सय जना कामदार कर्मचारीहरुले प्रत्यक्ष कर्मचारीहरुले रोजगार प्राप्त गर्दै आएका छन् । यस्तै १५० भन्दा बढी साना पर्यटन व्यवसायीहरुले आफ्ना व्यवसाय सन्चालन गर्दै आएका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। आज बिहान मात्रै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डलाई मंगलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय