शुक्रबार , चैत्र १६, २०८०

काठमाण्डौ ।

मंगलबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय संस्थामा अनियमितता गरी राज्यकोषको रकम दुरुपयोग गरेको अभियोगमा ११ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कुल ४० करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडबाट भएको कर्जा प्रवाह अनियमिततामा मुद्दा दायर गरेको हो ।

कर्जा प्रवाह गर्ने १० कर्मचारी, धितोको गलत मूल्यांकन गर्ने ६ इन्जिनियर, सञ्चालक १० जना र कर्जा प्रवाह गर्ने १० कर्मचारीविरुद्द अख्तियारले मुद्दा दायर गरेको हो ।

नागरिक लगानी कोषको लगानीसमेत रहेको रोयल मर्चेन्टमा कमसल धितोबाट ऋण प्रवाह भएको, कतिपयमा धितो नराखिएको लगायतका आरोप रहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

अख्तियारले धेरै समय पछी यसरी ठुलो मागदाबी सहित् मुद्दा दायर् गरेको हो । आयोगमा नयाँ प्रमुख आयुक्त र अन्य सदस्यहरु आएपछी अख्तियार ले तिब्र रुपमा काम गर्ने अपेक्षा गरिएको थियो ।

यो प्रकरणपछी भने उक्त अपेक्षा झन दरिलो बनेको छ । प्रवक्ता रिसालका अनुसार अख्तियारले ठुला साना नभनिकन सबै अनियमितता र भ्रस्टाचारको बिरुद्दमा मुद्दा दायर गर्नेछ । ठुला ठुला काण्डको बिषयमा पनि अध्ययन भईरहेको उनको भनाइ छ । साथै अब सबै पुराना उजुरीहरु पनि तिब्रताका साथ हेरिने उनी बताउँछन ।

अख्तियारमा लामो समयदेखी सयौ मुद्दाहरु अलपत्र अवस्थामा रहेका छन । अब ति मुद्दाहरुलाई पनि प्राथमिकता दिएर हेर्ने रणनितीमा अख्तियार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय