मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सितको थोपा बनी मुस्कुराई रहनेछ बताएकी छिन् ।

आज साँझ ट्विट गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । उनले माक्र्सवादीहरुले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेको हुने बताएकी छिन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । अदालतको फैसलाअनुसार आफूहरुअघि बढ्ने भनेर माधव नेपालले भनिसकेका छन् ।

तर, केपी शर्मा ओली पक्षधर नेता तथा कार्यकर्ताहरुले भने अब माधव नेपाल र उनका पक्षधर नेताहरु कुन मुख लिएर एमालेमा फर्किन्छन् भनेर पटाक्षेप गरिरहेका छन् । यस्तो बेलामा झाँक्रीको टिव्ट आएको हो ।

उनले लेखेकी छिन्–”प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय