बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनीति

नेकपा अध्यक्ष ऋषि कट्टेलले नेत्रविक्रम चन्द विप्लवलाई वार्तामा ल्याउनको लागि आफूले पनि पहल गरेको बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने “विप्लवजीसँग मेरो सम्वाद पटक पटक भएको थियो । यो वार्ता गर्नुहोस भनेर मनाउन कोसिस गर्ने व्यक्ति म एउटा हो । ”

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर उक्त नाम यसअगाडी निर्वाचन आयोगमा दर्ता भएको ऋषि कट्टेलको नाममा हुने फैसला गरेसँगै पूर्व एमाले र माओ‌वादी केन्द्र अस्तिवमा आएका छन् ।

आजै निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलालाई कार्यानयन गर्ने भन्दै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाका खारेज भएको घोषणा गरेको छ ।

मंगलबार दिँउसो काठमाडौंको बिजुलीबजारमा रहेको संवाद चौतारीमा बोल्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले प्रचण्डको राजनीतिक यात्रा ओरालो लागेको र त्यो उकालो लाग्ने सम्भावना आफूले पटक्कै नदेख्ने बताएका छन् । यदी प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी हुनेहो भने नयाँ आवेदन भरेर आउनुपर्ने उनले बताए ।

सर्वोच्चको फैसलाबारे टिप्पणी गर्दै कट्टेलले भने भने “सर्वोच्चको फैसलाले केपी शर्मा ओलीलाई फाइदा देखिएको छ । एमालेभित्र उनी निर्वाचनबाट जितेर आएको अध्यक्ष भएको हुँदा त हरुवाले फूर्ति गर्ने भनेर माधव नेपाललाई भन्न पाउने अधिकार छ ।”

चर्चामा रहेका ऋषि कट्टेलले अरु के के भने त हेर्नुहोस तलको भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय