शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

प्रधानमन्त्रीको नयाँ दौड चलिरहँदा जनता समाजवादी पार्टी फुटाउने खेल चलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन जसपाको साथ लिन खोजेपछि फुटाउने खेल चलेको हो ।

जसपामा अध्यक्ष उपेन्द्र महतो र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रष्ट उभिएका छन् ।

तर, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अलग धारमा उभिएका छन् । उनीहरु प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् ।

ओलीसँग समिकरण बनाउने गरी ठाकुर र महतो समूह सक्रिय भएको छ । उनीहरुले वार्ता टोली नै गठन गरेका छन् ।

अब नयाँ सत्ता समिकरणका लागि गृहकार्य चलेको छ । जसमा ओली सरकारलाई जसपाको ठाकुर महतो पक्षले साथ दिने सम्भावना छ । उनीहरु प्याकेजमै सहमति गरेर जान खोजेका छन् ।

तर, यादव र भट्टराई ओलीबाहेकको समिकरण बनाउने पक्षमा छन् । उनीहरु काँग्रेस र माओवादी केन्द्रसँग मिलेर जाने पक्षमा छन् ।

सत्ता संघर्षमा जसपा निर्णायक शक्ति बनिरहँदा महन्थ र डा. बाबुराम भट्टराई उक्त पार्टीबाट प्रधानमन्त्रीको दौडमा छन् । तर, दुई नेताहरु अलग धारमा रहेर बढ्न थालेपछि फुटको खतरा बढेको छ ।

Reporters Nepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय