प्रकाशित: २०७९ पौष ३० शनिबार (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

रौतहटमा रक्सीसहित भारतीय गाडी र मोटरसाईकल पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय (जिप्रका) रौटहटले करीव १३ लाख बराबरको सौफी रक्सीसहितका सामग्री बरामद गरेको छ ।

बिहीबार प्रहरीले रू. १२ लाख ९१ हजार ६४० रुपियाँ बराबरको बराबरको सौफी रक्सी लगायतका सर–सामानहरू पक्राउ गरिएको रौटहटका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढाले बताएका छन् ।

प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिक भारतीय नम्बरको बोलेरो जीपसहित सर–सामानहरू बरामद गरिएको छ ।

जीपमा सौफी रक्सी लोड गरी नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले गाडी नियन्त्रणमा लिएको थियो । प्रहरी देख्नसाथ बोलेरो जीप गाडीलाई वेवारिसे अवस्थामा छाडेर चालक फरार भएका छन् ।

बोलेरो जीपभित्र लोड रहेको १२२ कार्टुन सौफी रक्सी बरामद भएको छ । यसैबीच, रौटहट प्रहरीले भारतीय नम्बरको मोटरसाईकलमा चिनी, खाने तेल, सुर्ती, र बच्चाहरूको खेलौना भन्सारबाट चोरी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरादम गरेको छ । प्रहरीलाई देख्नसाथ मोटरसाईकल र सामान छाडेर चालक फरार रहेका छन् ।

यसैगरी सर्लाही प्रहरीले साढे १२ लाख रुपैयाँसहित सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो गोडैता र मलंगवाबाट १२ लाख ४५ हजार नेपाली रुपैयाँसहित कार चालक र साइकल चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुक्रबार दिउँसो बरहथवाबाट भारततर्फ जाँदै गरेको अवस्थामा गोडैता नगरपालिका १२ स्थित लक्ष्मी चोकमा जाँच गर्दा प्रदेश ०१ ०२५ च १७९४ नम्बरको कारबाट १० लाख ४५ हजार बरामद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

रकमको स्रोत नखुलेपछि नगद र कारसहित त्यसमा सवार चार जनालाई पनि नियन्त्रणमा लिइएको उनले बताए। पक्राउ पर्नेमा कार चालक काठमाडौं कागेश्वर मनोहरा नगरपालिका ८ का ३२ वर्षीय प्रल्हाद चापागाईं, सोही ठाउँका २७ वर्षीय सनम बस्नेत, ३६ वर्षीय शिव चापागाईं र ४८ वर्षीय कृष्ण दाहाल छन्। उनीहरु नेपाली रुपैयाँ लिएर किन भारत जाँदै थिए भन्ने कुरा खुलेको छैन।

त्यसैगरी शुक्रबारै प्रहरीले मलंगवा नगरपालिका २ बाट एक भारतीयलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। साइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारत सीतामढी घर भएका १९ वर्षीय राहुल महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा उनको शरीर खानतलासी गर्दा दुई लाख रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका–८ घर भएका ५४ वर्षीय अनिलकुमार अरोडा, सोही होटलका वेटर महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लम्जुङको राईनास नगरपालिका–४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।

होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले आइतबार राति होटलमा छापामारेको थियो ।

कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यसैबीच धनुषा प्रहरीले स्रोत खुल्न नसकेको नगद १६ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला मधुवनी दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साह रहेको छ।

मंगलबार बियार ३२ एसी ७६७९ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनी धनुषाको विदेह नगरपालिका–२ बाट १६ लाख नगदसहित पक्राउ परेको धनुषा प्रहरी प्रबक्ता एव डिएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेपछि उनले चलाउदै आएको स्कुटर रोकी चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख बरामद भएको हो।

प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीको लागि धनुषा भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय