शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं।

नेकपा एमाले ब्युँतिएपछि विधान पनि सक्रिय भएको छ । एमालेको विधान अनुसार कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था छ ।

अब एमालेको विधान सक्रिय भएकाले ७० वर्ष उमेरहद पार गरेका नेताहरुको भविष्य के होला ? चासोको विषय बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ७० टेकेका छन् । अब एमालेको विधान अनुसार उनको भविष्य के हुने ?

७० कटिसकेका उपाध्यक्ष बामदेव गौतम एमाले र माओवादी केन्द्रको एकीकरणले अवकाशबाट जोगिएका थिए ।

त्यसैले उनलाई प्रचण्ड पक्षधरले एकताले अवकाश हुनबाट जोगाइदिएको भन्ने गर्थे । अब एमालेको विधान सक्रिय भएकाले गौतमबारे पनि प्रश्न उठेको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि ७० कटिसकेका छन् । उनी पनि एमालेको विधान अनुसार अवकाशमा पर्नेछन् ।

एमालेले सक्रिय राजनीतिबाट अवकाश पाएका नेताहरु ज्येष्ठ कम्युनिस्ट मञ्चमा रहने व्यवस्था गरेको छ ।

एमालेको विधान २०४९ लाई नवौं महाधिवेशन २०७१ ले संशोधनसहित धारा ६४ को उपधारामा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था गरेको हो ।

अब नेकपा एमालेमा ओली, खनाल र गौतमको पद कायमै हुन विधान संशोधन गर्नुपर्ने हुन्छ ।

शक्तिशाली निकायमा रहेका नेताहरुको अवकाश हुने भएकाले संशोधन हुने सम्भावना पनि छ । तर, ७० वर्ष नकटेका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका के हुने ? चासोको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय