नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो परिवारसँग केही समय बिताउँने बताएका छन । शुक्रबार थुनामुक्त भएपछि सन्दिपले आफ्नो परिवारसँग समय बिताउँन चाँहेको बताएका हुन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु । अहिलेको लागि म आफ्नो परिवार भन्दाअरु सोच्न सकेको छैन । म अहिले आफ्नो परिवारसँग बस्न चााँहन्छु । तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले म धेरै प्रतिकृया दिने हालतमा छैन ।’

उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी रिहा गर्ने आदेश दिएको हो । उनका परिवारले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन । यो मुद्दाको किनारा भने लागिसकेको छैन ।

१८ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले २० लाख धरैटी र १० वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो ।

उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनः थुनामा पठाइनेछ । उनलाई अदालतले विदेश जान रोक लगाएको छ ।

काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन । अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ ।

आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान

कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय