काठमाडौ। एजेन्सी – दर्पण छायाँ, व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ। जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो। तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ।

यो अफर हो इण्डोनेसियाको। जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ। एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन्।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ। तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ।

विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसँगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ। यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ।

जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ। एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ।

र यो पनि
काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो ।

केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर छ । भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो ।

शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।

विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर