प्रकाशित: २०७९ पौष ३० शनिबार (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

उपत्यकाका अलपत्र सडक छिटो बनाउन ठेकेदारले गरे लिखित सहमति

काठमाडौं । निर्माण व्यवसायीले आफूले काठमाडौं उपत्यकाभित्र ठेक्का लिएका आयोजनाहरू सक्ने समयसीमा तोकेर लिखित प्रतिवद्धता जनाएका छन् ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयका सचिव गोपाल सिग्देल र विभागका महानिर्देशक अर्जुनजंग थापासहित विभिन्न आयोजनाका प्रमुखहरु सहितको सहभागितामा निर्माण व्यवसायीहरुबीच छलफल भएको हो ।

छलफलमा सडक आयोजनाका निर्माण व्यवसायीहरुले आ-आफ्नो निर्माण साइटमा काम गर्न भएको सजिलो , अप्ठेरोबारे मौखिक रुपमा जानकारी दिएका थिए ।

उनीहरुले त्यहाँ आ-आफ्नो ठेक्कामा रहेका आयोजनाहरु समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरे । अन्तर्क्रियामा सहभागी उपत्यकाका तीनै जिल्लाका आयोजना ठेकेदारहरुले स्पष्ट समयसीमा तोकेर नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंको महांकाल-भृकुटीचोक-तेन्जिङचोक-फैका-आनीगुम्वा-चपली-बुढानीलकण्ठ सडक निर्माण गरिररहेको तुदि/प्रेरा जेभीले आगामी साल माघ मसान्तसम्मकाम सकिने जानकारी गराएको छ ।

साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडकको निर्माण गरिरहेको दिवा/शैलङ जेभीले कहिले निर्माण सकिन्छ भन्ने जानकारी नै गराएन ।

शैलुङ कन्स्ट्रक्सनले आकाशेधारा-राममन्दिर-कृष्णमन्दिर सडकको आगामी १५ फागुनसम्म सकाउने प्रतिवद्धता जनाएको छ । आशिष सीएम-जयबाबा जेभीले आगामी माघ मसान्तसम्म सीतापाइला-रामकोत-भीमढुङ्गा सडकको निर्माण सक्ने बताएको छ ।

महालक्ष्मी/वर्ल्डवाइड भण्डार धोदुङ जेभीले पेप्सीकोला-ब्राहखेल सडक २०८० असार मसान्तसम्म, सुनकोशी/प्रजिल जेभीले २०७९ माघ मसान्तभित्र मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडकको काम सक्न सहमति जनाएका छन् ।

कमलविनायक-वसपार्कदेखि भत्केपाटीको पाटी सडक, मनोहरा खोला-पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक, हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक, लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक फरफारक गर्न निर्माण व्यवसायी सहमत भएका छन् ।

छम्पी टिकाभैरव रोड, तउखेल-चापागाउँ-छम्पी-ढुकुछाप-दक्षिणकाली रोड, लुभू-लाकुरीभञ्ज्याङ्ग-मानेडोभान रोड, खुमल्टार-युलेन्स स्कुल (पुरानो) जाने सडक, नख्खु खोला पुल लगायतका परियोजना पनि समयमै सक्न व्यवसायी सहमत भएका छन् ।

यसैगरी लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुज सञ्चालनको तयारी गरिएको बताए । क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । तर कोरोना महामारीका कारणले समयमा क्रुजको निर्माण सकेर सञ्चालन गर्न नसकिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ । क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न पाउँछन् । क्रुजसिपमा ३ तला छ ।

प्रबन्ध निर्देशक कँडेलका अनुसार एक घण्टासम्म नारायणी नदीमा क्रुजमा यात्रुलाई सयर गराउने योजना छ । क्रुज चढेको टिकट ७ सय तोकिएको छ ।

ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन् ।

क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्रहरु सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन गरिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए । डिजाइन परिवर्तन गर्दा एक करोड लागत र वजन १० टन थप भएको कम्पनीको भनाइ छ ।

हरेक यात्रुको १० लाख बराबरको बीमा हुनेछ । क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । क्रुजसिप निर्माणमा १५ करोड भन्दा बढी खर्च भएको छ ।

क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ । तर यतिबेला पानीको सतह निक कम भएकाले केही किलोमिटर मात्र चलाइने छ ।

क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटउन सक्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्नेछ । यहाँ बैठक पनि गर्न मिल्ने छ ।

दोस्रो तलाको एक छेउमा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको छ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिपमा भारतको केरलाका प्राबिधिकले तयार गरेका हुन् । क्रु सदस्य १५ ज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय