काठमाडौ

सुनसरी — पूर्वयुवराज्ञी हिमानी शाहले लायन्स क्लब अफ धरान पाँचकन्याले सुरु गरेको ‘शिक्षाका लागि एक रुपैयाँ अभियान’को शुक्रबार उद्घाटन गरेकी छन् ।

धरान–१५ बाझगरास्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा आयोजित अभियानको सुरुवात उनले रुद्राक्षका २ बिरुवा रोपेर गरेकी थिइन् । उक्त अवसरमा शाहले विद्यार्थीलाई पानी शुद्धीकरण गर्ने ७ सय ५६ वटा बोतलसहित शैक्षिक सामग्री, सेतो छडी र ब्यागसहित छात्रवृत्ति प्रदान गरिन् ।

शाहले धरान–१६ जनपथस्थित पूर्वाञ्चल बहिरा विद्यालयमा पढ्नेलाई कान सुन्ने उपकरण, कक्षा ७ र ८ का विद्यार्थीलाई एक वर्षका लागि विद्याल एवं खेलकुद पोसाक, शैक्षिक एवं खेलकुद सामग्रीहरू तथा धरान–१७ स्थित पञ्चकन्या माविका सुकुम्बासी बस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री र कम्बल वितरण गरेकी थिइन् ।

विपन्न वर्ग, एकल महिला, शारीरिक अपांगता भएकालाई पनि कम्बल वितरण गरिएको थियो । संकलित रकमले बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको अभियानका संयोजक सम्राट् श्रेष्ठले बताए ।

उनले अभियानअन्तर्गत ६ हजार कपी, स्नातकोत्तर अध्ययनरत एक दृष्टीविहीन पुरुष र एक महिलालाई पनि छात्रवृत्ति प्रदान गरिएको बताए । लायन्स क्लब पञ्चकन्याका अध्यक्ष लायन एकता श्रेष्ठले धरानबाट सुरु भएको यो अभियानलाई मुलुकभर सञ्चालन गर्ने लक्ष्य रहेको बताइन् ।

म्याग्दी महोत्सव मापदण्ड विपरीत

म्याग्दी — सदरमुकाम बेनीमा जारी सतौं म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला जिल्लामा हुनेगरी तयार पारिएको मेला तथा महोत्सव सम्बन्धी मापदण्ड ०७६ विपरीत भएको पाइएको छ ।

म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजनमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका अगुवा, प्रहरी, सशस्त्र, अनुसन्धान, सेनासमेत सुरक्षा अधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत तथा सामाजिक संघ/संस्थाका अगुवाहरुको भेलाले जिल्ला मेला तथा महोत्सव सम्बन्धी मापदण्ड ०७६ बनाई लागू गरेका थिए । उक्त मापदण्ड अझै जिल्ला प्रशासन कार्यालयको वेभसाईटमा उपलब्ध छ ।

जिल्लामा विभिन्न संघ/संस्थाको नामबाट हुने महोत्सव तथा ब्यापार मेला उद्देश्य विपरीत मदिरामय, रात्रि क्लव र झडागर्ने स्थल तथा अमर्यादिन बन्दै गएकोले महोत्सव तथा मेला संञ्चालन सम्बन्धी २२ बुँदे मापदण्ड बनाइएको स्थानीयले बताए ।

मापदण्ड अनुसार जिल्लाभित्र संञ्चालन हुने मेला-महोत्सव ७ दिन र साँझ ७ बजेभित्र बन्द गर्ने, राखिएको स्टलहरु अनिवार्या भ्याट/प्यानमा दर्ता भएको हुनुपर्ने, महोत्सव क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन पूर्ण बन्देज लगाइने, जुवा प्रकृतिका खेल पूर्ण प्रतिबन्ध लगाउनु पर्ने लगायत २२ बुँदा उल्लेख छन् । तर जारी म्याग्दी महोत्सव यी सवै विषयमा उदार देखिएको छ ।

‘राष्ट्रिय कानुन बाहेक स्थानीय तहमा बनेका मापदण्ड र सम्झौताहरु सुरक्षा व्यवस्थालाई ख्याल गरी समयानुकुल परिमार्जन हुन्छन्,’ प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले भने, ‘हामी जिल्लामा भीआईपीहरुको आगमन भएकोले त्यसकै व्यवस्थापनमा छौं, महोत्सवको अनुगमन भ्याएका छैनौं ।’

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीकाे अखडा जस्तो भयाे : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालकाे राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएकाे आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो ।

रामकृष्ण भण्डारीले लेखेको ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा शनिबार थापाले राजनीतिकाे नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताएका हुन् ।

‘नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयाे । आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयाे । साेमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्याे भन्ने मात्रै देखिन्छ,’ उनले भने ।

पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेकाे र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हाे भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेकाे तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीकाे आड लिएको उनको टिप्पणी छ ।

बहुदलीय र संसदीय व्यवस्था नियमभित्र खेल्नुपर्ने थापाको भनाइ छ । संस्था बलियो बनाउन चुक्दा पनि प्रणालीले ठिक काम नगरेको उनको भनाइ छ ।

मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेकाे भन्दै थापाले भने, ‘कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।’

सभामुखमा मण्डल र यादवको उम्मेदवारी

जनकपुर — मधेस प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद रामचन्द्र मण्डल र कांग्रेसका तर्फबाट सांसद जंगिलाल यादवले उम्मेदवारी दिएका छन् ।

मण्डल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने यादवलाई कांग्रेस सांसदको मात्रै भर छ । १ सय ७ सदस्यीय प्रदेशसभामा कांग्रेस दोस्रो ठूलो दल हो । कांग्रेससँग २२ सांसद छन् ।

सत्ता गठबन्धनका उम्मेदवार मण्डलले भने ७२ जना प्रदेश सांसदको समर्थन रहेको दाबी गर्दै सभामुखमा उम्मेदवारी दिएका छन् । सभामुखको निर्वाचन माघ २ गते सोमबार तोकिएको छ ।

Comment *

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय