निर्माण व्यवसायीले आफूले काठमाडौं उपत्यकाभित्र ठेक्का लिएका आयोजनाहरू सक्ने समयसीमा तोकेर लिखित प्रतिवद्धता जनाएका छन् ।उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयका सचिव गोपाल सिग्देल र विभागका महानिर्देशक अर्जुनजंग थापासहित विभिन्न आयोजनाका प्रमुखहरु सहितको सहभागितामा निर्माण व्यवसायीहरुबीच छलफल भएको हो ।

छलफलमा सडक आयोजनाका निर्माण व्यवसायीहरुले आ-आफ्नो निर्माण साइटमा काम गर्न भएको सजिलो , अप्ठेरोबारे मौखिक रुपमा जानकारी दिएका थिए ।उनीहरुले त्यहाँ आ-आफ्नो ठेक्कामा रहेका आयोजनाहरु समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरे ।

अन्तर्क्रियामा सहभागी उपत्यकाका तीनै जिल्लाका आयोजना ठेकेदारहरुले स्पष्ट समयसीमा तोकेर नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।काठमाडौंको महांकाल-भृकुटीचोक-तेन्जिङचोक-फैका-आनीगुम्वा-चपली-बुढानीलकण्ठ सडक निर्माण गरिररहेको तुदि/प्रेरा जेभीले आगामी साल माघ मसान्तसम्मकाम सकिने जानकारी गराएको छ ।

साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडकको निर्माण गरिरहेको दिवा/शैलङ जेभीले कहिले निर्माण सकिन्छ भन्ने जानकारी नै गराएन ।शैलुङ कन्स्ट्रक्सनले आकाशेधारा-राममन्दिर-कृष्णमन्दिर सडकको आगामी १५ फागुनसम्म सकाउने प्रतिवद्धता जनाएको छ ।

आशिष सीएम-जयबाबा जेभीले आगामी माघ मसान्तसम्म सीतापाइला-रामकोत-भीमढुङ्गा सडकको निर्माण सक्ने बताएको छ ।महालक्ष्मी/वर्ल्डवाइड भण्डार धोदुङ जेभीले पेप्सीकोला-ब्राहखेल सडक २०८० असार मसान्तसम्म, सुनकोशी/प्रजिल जेभीले २०७९ माघ मसान्तभित्र मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडकको काम सक्न सहमति जनाएका छन् ।

कमलविनायक-वसपार्कदेखि भत्केपाटीको पाटी सडक, मनोहरा खोला-पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक, हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक, लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक फरफारक गर्न निर्माण व्यवसायी सहमत भएका छन् ।

छम्पी टिकाभैरव रोड, तउखेल-चापागाउँ-छम्पी-ढुकुछाप-दक्षिणकाली रोड, लुभू-लाकुरीभञ्ज्याङ्ग-मानेडोभान रोड, खुमल्टार-युलेन्स स्कुल (पुरानो) जाने सडक, नख्खु खोला पुल लगायतका परियोजना पनि समयमै सक्न व्यवसायी सहमत भएका छन् ।पृथ्वी जयन्तीमा राप्रपाको विभिन्न कार्यक्रम
काठमाडौँ — ३०१ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बुधबार बिहान सिंहदरबारको पश्चिममा गेटमा अवस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो ।सत्तारुढ गठबन्धनमा सहभागी हुन पृथ्वी जन्यतीको दिनको बिदा दिनुपर्ने सर्त राखेको राप्रपा अध्यक्ष राजेन्द लिङ्देनले र्‍यालीको नेतृत्व गर्दै शाहको सालिकमा माल्यार्पण गरेका थिए ।राप्रपाले दिउँसो भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, राप्रपा नेपाल अध्यक्ष कमल थापासहितका नेताहरुको उपस्थिति थियो ।

राप्रपाले पृथ्वी जयन्तीको दिन प्रत्येक वर्ष चियापान गर्दै आएको छ ।त्यसैगरी संवैधानिक आयोगका प्रमुखहरू, निजामती तथा सेना, प्रहरीका उच्च पदस्थ अधिकारी, विदेशी कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, कलाकार, उद्योगी, व्यवसायीहरु, चिकित्सकलगायत सामाजिक जीवनका महत्त्वपूर्ण व्यक्तिहरुको सहभागिता थियो ।कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिले नेपालीको हैसियतले जे जति पद र मर्यादाहरु प्राप्त गरेको त्यो नेपाल भएको कारणले भएको बताए ।

‘यो हरेक नेपालीको गौरवपूर्ण दिन हो । हाम्रो धेरै पहिलेदेखिको माग र प्रयत्नले उपेक्षामा परेको पृथ्वी जयन्तीलाई यसपटक सरकारी तवरबाट सार्वजनिक बिदा दिने निर्णय गरेर नयाँ सरकारले सुकार्यको प्रारम्भ गरेको छ,।

’ लिङ्देनले भने, ‘नेपाल सरकारलाई राप्रपाको तर्फबाट र आफ्नो तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।सरकारको यो निर्णयको स्वागत गर्न चाहन्छु । आगामी दिनमा केवल सार्वजनिक बिदा दिने मात्रै होइन । यसलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनु पर्छ ।’ लिङ्देनका अनुसार नेपालको भावी सन्ततीले नेपाल राष्ट्र कसको नेतृत्वमा, कसरी निर्माण भएको छ र हामीले कसरी नेपाली हौं भन्न पायौं भन्ने थाह पाउनु पर्दछ ।‘

राष्ट्रिय एकता दिवस मनाउने विषय कुनै पार्टी विशेषको मात्रै कार्यक्रम र एजेन्डा होइन अरुले छाडेपछि हामीले यो विषयलाई उठायौं,’ लिङ्देनले भने, ‘सरकारले हाम्रो मागअनुसार यसलाई बिदा दिएको छ यो हाम्रो विजयोत्सवको दिन हो ।’शाहलाई राष्ट्रपिता भन्दै आएको राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने बताउँदै आएको छ ।

राप्रपाको मागअनुसार नै सरकारले १७ वर्षपछि पृथ्वी जयन्तीमा बिदा दिन थालेको छ ।राप्रपाको स्वास्थ्य विभागका भृकुटीमण्डपमा रक्तदान र कला तथा साहित्य विभागले कविता गोष्ठी आयोजना गरेको थियो । राप्रपाले काठमाडौंसहित देशभर नै पृथ्वी जयन्तीको विभिन्न कार्यक्रम आयोजना गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय