प्रचण्डलाई आएको विश्वासको मत होइन, रबिले भ्रष्टाचारका फाइल खोल्ने भनेपछि को बाध्यताको मत हो (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: प्रदेश १ मा माओवादीकाे सहभागिताविना नै एमालेकाे नेतृत्वमा सरकार बन्याे
काठमाण्डाै – प्रदेश १ मा नेकपा माओवादी केन्द्रको सहभागिताविना नै नेकपा एमालेको नेतृत्वमा सरकार बनेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो।

एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भएको छैन।

प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको र आलोपालोको ग्यारेन्टी नभएको भन्दै माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ।

हिजो आइतवार मुख्यमन्त्रीको दाबी पेस गर्दा भने माओवादीले एमाले नेता कार्कीलाई समर्थन दिएको थियो। मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

अब, हेर्नुहोस समाचारको यो भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय