काठमाडौं, ३० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू छिट्टै भारत भ्रमणमा जाने स्पष्ट पारेका छन् ।आज (शनिबार) विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।भारत भ्रमणको लागि अहिले दिल्लीस्थित् नेपाली दूतावासले गृहकार्य थालेको पनि स्पष्ट पारे ।”

उनले कांग्रेसले पनि आफूलाई विश्वासको मत दिएको कारण सभामुख, राष्ट्रपति र उपराष्ट्रपतिलगायतको निर्वाचनको लागि छलफल गरिने स्पष्ट पारे । तस्विर स्रोत : प्रधानमन्त्रीको सचिवालय

“राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको, रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री दाहाल”

“प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए ।”

‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण, परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु । यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’

“सो पुस्तकमा श्रेष्ठले प्रधानमन्त्री दाहालले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरणसमेत समेटेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताए ।”

“अहिले म ४६ वर्षपछि गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्‌देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ,’ उनले भने ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय