रोजगार कार्यालयमा विचौलियाको बिगबिगी देखिएको छ। सरकारी कर्मचारीले विचौलियामार्फत बढी शुल्क उठाएर काम गर्ने गरेको खुलेको छ। कर्मचारी र विचौलियाको मिलेमतोमा सेवाग्राहीमाथि ठगी भइरहेको पाइएपछि प्रहरीले १३ जना विचौलियालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सेवाग्राहीसँग बढी शुल्क लिएर काम गराइदिने भनि अनावश्यक झनझटमा पारेको तथा ठगी गरेको आरोपमा पक्राउ गरेको हो।विचौलियाले जबर जस्ती सेवाग्राहीहरुलाई तानी ।

सरकारी काम कारवाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिएको प्रहरीले बताएको छ।काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार र बिहीबार प्रहरीको विशेष टोलीले उक्त कार्यालय मा निगरानी गरेको थियो।निगरानीपछि १३ जना विचौलियालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा भारत दार्जिलिङ घर भई बाफल बस्ने २७ वर्षीय ऋषी मोक्तान, संखुवासभा रातामाटेका २६ वर्षीय सन्तोष अधिकारी, ताहाचलका ३२ वर्षीय सनम मानन्धर, कुलेश्वरका २७ वर्षीय विशाल रिसाल, ।

झापा कनकाई नगरपालिका ४ का ३१ वर्षीय कमल प्रसाद पराजुली, काठमाडौं महानगरपालिका १४ का २८ वर्षीय पुरुषोत्तम थापा र धादिङ धुनेबेशी २ का ३० वर्षीय सागर कुँवर रहेका छन्।यस्तै, उदरपुर ताप्ले।

गाउँपालिका ५ का ३२ वर्षीय प्रबिन कुमार मगर, सिराह करजना १३ का २६ वर्षीय सागर आले, उदयपुर त्रियुगा नगरपालिका ७ का २५ वर्षीय दिपेश राई, रामेछाप मन्थली नगरपालिका ६ का ३० वर्षीय कटक बहादुर ।

माझी, सल्यान शारदा नगरपालिका १५ का ३७ वर्षीय शशी प्रकाश हमाल र गुल्मी छत्रकोट ६ का २४ वर्षीय नरेश सोमारे मगर पनि पक्राउ परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय