शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ बढेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब उनको गर या मरको राजनीतिक लडाईं शुरु भएको छ ।

नेपालले नेकपा एमाले फुटाउने सम्मको तयारी गरेका छन् । त्यसका लागि उनले हिजो राति अबेरसम्म परामर्श गरेका छन् ।

आज पनि आफ्नो समूहको छुट्टै बैठक डाकेका छन् ।

नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि उनी उत्साही भएको बुझिएको छ ।

हिजोसम्म निराश भएका नेपाल आज एकाएक उत्साही भएका हुन् ।

अहिले नेपालसँग ४० जना सांसद छन् । नेकपा एमालेको १२१ सांसदमध्ये पार्टी विभाजन गर्न उनीसँग पर्याप्त सांसद छैनन ।

४८ सांसदको आवश्यकता पर्ने भएपछि नेपाल त्यसका लागि सक्रिय भएका छन् ।

उनीसँग अपुग ८ सांसदको तयारी भइरहेको बुझिएको छ । नेपालले विगतमा पनि दुई निर्वाचन क्षेत्रबाट चुनाव हार्दा प्रधानमन्त्री बन्ने मौका पाएका थिए ।

यसपटक पनि अप्ठ्यारोमा पर्दा उनैलाई अवसर आउनसक्ने बुझिएको छ ।

अहिले ओली पक्षबाहेक दल र नेताहरु उनी इतरको सरकार बनाउन सक्रिय भइरहेका छन् ।

त्यसका लागि माधवकुमार नेपालको नाममा सहमतिको प्रयास भइरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय