माधव नेपाललक्षित सूर्य थापाको स्टाटस :..अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ

काठमाडौं।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई चार पटकसम्म पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्नेहरुलाई अपराधीको संज्ञा दिएका छन् ।

थापाले सामाजिक सञ्जाल फेशबुकमा यस्तो टिप्पणी गरेका छन् । सर्वोेच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् ।

यो निर्णयअनुसार माधव कुमार नेपाल, झलनाथ खनालहरु नेकपा एमालेमा फर्किएका छन् ।

उनीहरु एमालेमा फर्किएलगत्तै थापाले यस्तो स्टाटस लेखेका हुन् ।

उनको स्टाटस माधव नेपाललक्षित रहेको लख काट्न सजिलो छ ।

उनले लेखेका छन्-“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे छ। जनताले दुई तिहाइकाे जनादेश दिएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन मिल्दैन ।”

२०७७ फाल्गुन २५, मंगलवार ०९:०१ गते 1 Minute 245 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार