शुक्रबार , चैत्र १६, २०८०

राजनीति
रविले टुङाए मन्त्रीहरुको नाम, रास्वपाबाट को–को बन्दैछन् मन्त्री ? स्वास्थ्यमा डा. तोसिमा कार्की

२४ पुस, आइतबार, काठमाडौं । (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने आफ्ना मन्त्रीहरूबारे आन्तरिक तयारी सुरु गरेको छ । अन्य पार्टीहरूले गुटगत भागबण्डाका आधारमा मन्त्री सिफारिस गर्ने प्रचलन गरे पनि रास्वपाले भने सांसदहरूको विज्ञता हेरेर निर्णय लिने स्रोतले बतायो ।

७ वटा पार्टीको समर्थनमा बनेको प्रचण्ड सरकारमा कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । सरकारलाई समर्थन गरेकामध्ये राप्रपा र नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेका छन् । बाँकी ५ पार्टीलाई २५ वटा मन्त्रालय भाग लगाउनुपर्ने छ ।

५ वटा पार्टी सरकारमा सहभागी हुँदा संसदभित्र चौथो शक्तिको हैसियतमा रहेको रास्वपाले ५ वटा मन्त्रालयमा दाबी प्रस्तुत गर्ने स्रोत बताउँछ । पार्टीको रुचि ‘मालदार’ भन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने कामकाजी मन्त्रालयमा छ । गृहपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र कानून रास्वपाले चाहेका मन्त्रालय हुन् । यदि ती मन्त्रालय पाएको खण्डमा पार्टीबाट को–को मन्त्री हुने भन्ने स्पष्टै छ ।

‘हाम्रो पार्टीमा को वरिष्ठ को कनिष्ठ भन्ने छैन । सबैजसो युवा भएकाले उमेरको प्रश्न पनि छैन । गुट पनि मिलाउनु छैन । हामी केवल विज्ञता हेर्नेछौँ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय पाएको अवस्थामा डा. तोसीमा कार्कीले अवसर पाउनेछिन् । पेसाले आफैँ चिकित्सक रहेको, प्रत्यक्षमा लोकप्रिय मतसहित चुनाव जितेको, तथा चुनावअघि देखि नै स्वास्थ्य मन्त्रालय हाँक्ने आत्मविश्वास प्रस्तुत गरेकाले सो मन्त्रालयमा उनलाई पठाउने निधो गरिएको हो ।

त्यसो त राप्रपामा प्रत्यक्ष समानुपातिकतर्फबाट पनि दुई जना चिकित्सक डा. चन्दा कार्की र डा. ढाकाकुमार श्रेष्ठ निर्वाचित भएका छन् । तर, उनीहरूको तुलनामा तोसीमाको दाबेदारी बलियो छ । उनी स्वास्थ्य मन्त्री बन्नेमा ढुक्क भएर बसेकी छन् । उनी ललितपुर ३ बाट निर्वाचित सांसद हुन् । स्वास्थ्यमा यदि राज्यमन्त्री पनि पाएको खण्डमा चन्दा र ढाकामध्ये एक जनाले अवसर पाउनेछन् ।

यदि शिक्षा मन्त्रालय पाएको खण्डमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा रास्वपाभित्र द्विविधा छैन । स्रोतका अनुसार पार्टीले काठमाडौं ६ बाट चुनाव जितेका शिशिर खनाललाई शिक्षामा पठाइने छ । खनाल शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका अभियन्ता भएका कारण उनी निर्विकल्प देखिएका हुन् ।

रास्वपाबाट मन्त्री बन्न सक्ने अर्की दाबेदार शोभिता गौतम हुन् । यसपालिको चुनावकी एक चर्चित उम्मेदवार शोभिता काठमाडौं २ बाट विजयी बनेकी थिइन् । यदि रास्वपाले कानून मन्त्रालय पाएको खण्डमा कानूनको विद्यार्थी भएको हिसाबले उनलाई सरकारमा पठाइने छ ।

यदि पर्यटन र संस्कृति मन्त्रालय पार्टीको भागमा आयो भने विराजभक्त श्रेष्ठ र डीपी अर्यालमध्ये एक जनाको ढोका खुल्ने छ । काठमाडौं–८ बाट विजयी श्रेष्ठ संस्कृति र सम्पदा क्षेत्रका सक्रिय अभियन्ता हुन् ।

समानुपातिकबाट निर्वाचित अर्याल रास्वपाका उपसभापति हुन् । अनुभवी पर्यटन व्यवसायी भएको कारणले पर्यटन मन्त्रालय पाए उनको पनि दाबेदारी रहनेछ । यस्तै, सञ्चार मन्त्रालय पाएको खण्डमा शोभिता गौतम र मनिष झाले आफ्नो दाबी प्रस्तुत गर्न सक्छन् । झा समानुपातिक सांसद हुन् ।

उद्योग र कृषि पाएको खण्डमा कसलाई पठाउने भन्ने चाहिँ निश्चित भइसकेको छैन । ती मन्त्रालयमा पनि विज्ञतालाई मानक बनाइने भएको छ । रास्वपाले आफूभित्र विज्ञता नभएका परराष्ट्र, रक्षा, वनलगायतका मन्त्रालय इच्छा देखाएको छैन ।

प्रत्यक्ष चुनाव जितेकाहरूलाई प्राथमिकतामा राखिरहँदा समानुपातिकतर्फ बढीमा दुई जना मात्रै मन्त्री बन्ने देखिन्छ । पार्टीले जनजीविकासँग जोडिएका मुद्दाहरूलाई मुख्य प्राथमिकता दिएर अघि बढ्ने रणनीति लिएको छ ।

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा. कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्।

गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन्। आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उनी जनताबाट अनुमोदन भइन्।

पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ। त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ। सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राखेकी छन्। उनले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने पहिलो काम नै रहेको बताउँछन्।

कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उनी आफैंले देखेकी छन्। ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट बञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उनी आफू लागिपर्ने बताउँछिन्।

यस्तै उनको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ। छिमेकी मुलुक भारत र चीनमा विएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न। त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि आफ्नो कार्ययोजना बनाइरहेकी छन्।

डा. कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्प्णी गर्छिन्। यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उनले बताइन्।आफूभन्दा वरिष्ठ चिकित्सक भए पनि उनीहरूबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तरीय स्वास्थ्य सेवा जनतासमक्ष नपुगेकोले समग्र स्वास्थ्य सेवालाई सुधार्नका लागि चिकित्सक पेशा सम्भव नभएपछि आफूले राजनीति रोजेको उनको तर्क छ।

‘एउटा चिकित्कसले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्था मैले देखेँ। समग्र स्वास्थ्यको विकृति, विसगङ्ति सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो। अनि राजनीतिमा हामफालेको हुँ। मलाई लाग्छ म सफल पनि भएँ। अब जनताको सेवा गर्नु मेरो कर्तव्य हो’, उनले भनिन्।

यसैगरी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दश वटा मन्त्रालय माग गरेको छ । २५ वटा मन्त्रालयमध्ये एमालेले १० वटा माग गरेपछि प्रधानमन्त्री दाहाललाई तनाब भएको छ । दाहाललाई अन्य साना दलहरूलाई पनि मन्त्रालय दिनुपर्नेछ । सबैलाई भाग लगाउँदा माओवादीको भागमा थोरै पर्ने सम्भावना छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री दाहाललाई निकै दवावमा राख्न खोजेका छन् । ओलीले दाहाललाई दवावमा राख्नकै लागि विभिन्न अड्चन दिन थालेका छन् । एमालेका नेता विष्णु पौडेलले उप–प्रधानमन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालीसकेका छन् । अरु चार जनाले ४ वटा मन्त्रालय लिइसकेको छ । एमालेले अझै ६ वटा मन्त्रालय माग गरेर दाहाललाई दवाव दिइरहेको छ ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले उप–प्रधान र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । माओवादीले ५ वटा मन्त्रालय राख्न खोजेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उप–प्रधान र गृह मन्त्रालय सम्हालेका छन् । लामिछानेले उप–सभामुखसहित अझै ४ वटा मन्त्रालय मागेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले एउटा मन्त्रालय माग गरेको छ । राप्रपाले एक राज्यमन्त्रीसहित ४ मन्त्रीमा दाबी गरेको छ । राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री छाडेर केन्द्र सरकारलाई समर्थन गरेको छ ।

जनता समाजवादी पार्टीले २ वटा मन्त्रालय मागेको छ । जसपाले उप–राष्ट्रपति पद पनि मागेको छ । जनमत पार्टीले एउटा मन्त्री पाइसकेको छ । जनमतले थप एक मन्त्रालय मागे छ ।

एमालेका अध्यक्ष ओलीले सभामुख र राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने अडान राखेपछि कुन दलले कति मन्त्रालय पाउने भन्नेमा अन्यौल छ । ओलीका कारण मन्त्रालयको भाग बण्डा पनि मिलेको छैन । ओलीले प्रदेश सरकारहरू गठन गर्न पनि अडान राखेका छन् ।

माओवादीले एमालेलाई सत्ता बाहिर राखेर कांग्रेससँग मिलेर गठबन्धन गर्छ कि भन्ने ठूलो आशंका ओलीले गरेका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय