राजनीति
काठमाडौंबाट पावरफुल ग्याङ पक्राउ, नेपालीहरूको दिमाग देखेर छक्कै पर्‍यो अमेरिका

२९ पुस, शुक्रबार, काठमाडौं । (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

काठमाडौंबाट पावरफुल ग्याङ पक्राउ, नेपालीहरूको दिमाग देखेर छक्कै पर्‍यो अमेरिका

काठमाडौं । सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले काठमाडौंबाट ३५ वर्षीय पृथ्वीबहादुर शाहसहितका व्यक्तिलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ परेका शाह अछामको बन्नीगढी गाउँपालिका–६ घर भएका हुन् । हाल उनी काठमाडौंको चाबहिलमा बस्दै आएका थिए ।

प्रहरीले २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका–८ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखाको खोपाचाङ्गु घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्ने ४४ वर्षीय अनुप खड्कालाई पक्राउ परेका छन् ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रंगबहादुर साउदलाई पनि सीआईबीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–८ सिफलमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल (प्रा)लि. लगायत दर्जनौं कम्पनीहरूका नाममा शंकास्पद कारोबार देखिएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू संचालन गरी आर्थिक कारोबार गरेको प्रहरीको भनाइ छ ।

कम्पनीको उदेश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको आरोप छ । एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पु¥याई एन्टीभाइरस नवीकरण बापतको रकम पठाउनु भनि झुक्याई विश्वास दिलाएर अमेरिकन नागरिकको खाताबाट अमेरिकी डलर ट्रान्सफर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

अन्य विदेशी नागरिकहरूलाई समेत झुक्याई, विश्वासमा पारी बेइमानीपूर्वक वायर स्क्याम गरी स्वीफ्टमार्फत करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ जीबीपी र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० रूपियाँ ८० पैसा रकम ठगी गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले संचालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरूका बैंक खाताहरूमा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उदेश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा ट्रान्सफर गरी ठगी गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका शाहसहितका ८ नेपालीहरूको कार्यबाट अमेरिका समेत चकित परेको छ । आफूलाई विश्वकै सुरक्षित ठान्ने अमेरिकाबाट नेपाली युवाहरूले कम्युटरबाट अर्बौ रुपियाँ नेपाल भित्र्याएका हुन् । सो रकमका बारेमा अमेरिकन प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।

यसैगरी झापामा आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा ३५ वर्षीय विश्वराज घिसिङ पक्राउ गरेका छन् ।

अर्जुनधारा नगरपालिका–९ खरबन्दी डेरा गरी बस्ने भोजपुरको अरुण गाउँपालिका–१ घर भएका विश्वराज घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । विश्वराजले खाना नपकाएको कारण झै–झगडा गरी आफ्नै श्रीमतीलाई लात्ती हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले विश्वराज घिसिङलाई पक्राउ गरेको छ । हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, रुपन्देहीको मायादेवी गाउँपालिका–७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा हाटी बनगाई भौजा भहुआरे घर भएका ३९ वर्षीय जितई भर भन्ने जितेन्द्रराज भरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६१ वैशाख २८ गते राति यादवलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका–२६ बुढीबजारबाट पक्राउ गरेको हो ।

यसैगरी रूपन्देहीको मझगावा बस्ने ईस्लाम धोबीको छोरा १२ वर्षीय मक्सुद आलम धोबीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देहीकै कोटहीमाई गाउँपालिका–३ मझगवा बस्ने ५० वर्षीय नबिमोहमद चुरिहारलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रुपन्देही साविक बोगटी गाविस–८ भगैयास्थित खेतको पानी पोखरीमा २०७३ असार १५ गते मक्सुदको डुबेर मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न चुरिहारलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कोटहीमाई गाउँपालिका–३ मझगवाबाट फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय