Breaking: सन्दिप लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

ज’ बरज’ स्ती क’ रणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दाको सुनुवाइका लागि १२ मुद्दालाई ‘हेर्न नभ्याइने’मा

राखिएको थियो। आज उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको थियो। यसअघि उक्त मुद्दा तीनपटक पेसी तोकिए पनि स्थगित भएको थियो। एकपटक हेर्न नभ्याइनेमा परेको थियो भने दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो।

एक किशोरीले ब’ लात्का’ रको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा ना’ बालिगलाई ब’ लात्का’ र गरेको अभियोगमा मुद्दा चलिरहेको छ। पीडित किशोरी ना’ बालिग वा बा’ लिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो।

उक्त आदेशपछि नारायणी उपक्षेत्रीय अस्पतालले किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको पठाएको थियो। यसले भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिएको छ। हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि सर्वसाधरण तथा क्रिकेटरहरुले आवाज उठाउँदै आएका छन्।

यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बा’ लिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजातसमेत पेस गरेका थिए। सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको बर्थ सर्टिफिकेट झिकाउने आदेश दिएको थियो। अस्तापलबाट बर्थ सर्टिफिकेटसमेत उपलब्ध गराइएको छ।

भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले ब’ लात्का’ र गरेको दाबी गरिएको छ। पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक ब’ लात्का’ र गरेको बयान दिएकी छन्।

उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डि’ फ्युजन नोटिस नै जारी भएको थियो । त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

पछि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। त्यसयता उनी केन्द्रीय कारागार सुन्धारामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय