काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले गत असार १३ र १४ गते बसेको केन्द्रीय परिषदको प्रथम बैठकबाट वाम एकताका लागि वार्ताको ढोका खुला राख्ने निर्णय गर्यो ।

करिव १६ सय नेता सहभागी बैठकले विभिन्न पार्टी र समूहमा आवद्ध र क्रियाशील रहेका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिका लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन

र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न सबै क्रान्तिकारीहरूमा अपिल गरेको छ ।नेकपा विभाजनपछि एमालेबाट विद्रोह गरेर जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीको निर्णयलाई सबैले स्वागत गरेका छन् ।

लगत्तै, असार १९ गते सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्काल मोर्चा निर्माण गर्ने प्रस्ताव राखेका छन् ।

एकीकृत समाजवादीको लाइनसँग मिल्ने गरी प्रचण्डले समाजवादी वैकल्पिक क्रान्तिकारी धार निर्माणको कार्यदिशा अगाडि सारेका छन् । समाजवादी क्रान्तिकारी धारले प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत् प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने छ ।

दुई कम्युनिष्ट पार्टीको संस्थागत धारणा सार्वजनिक भएसँगै तत्कालीन नेकपाका बहुमत सदस्यहरू वाम एकताको अभ्यासमा लागिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,

सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच आइतबार हात्तीवनमा वाम ध्रुविकरणको विषयमा छलफल भएको छ ।

नेकपा ब्युँताउने र बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने अभिभारा पाँच नेताको काँघमा छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले सहकार्यको मोडालिटी तयार गरेर समाजवादी क्रान्तिकारीलाई एकतावद्ध गराउनुपर्छ । आम परिवर्तनकारी जनसमुदायलाई एकतावद्ध हुन सामूहिक अपिल गर्नुपर्छ ।

वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधिनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन र कांग्रेससँगको गठबन्धनलगायतका विषयमा पाँच नेताबीच छलफल भएको छ । छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

नेकपा ब्युँताउने र बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने अभिभारा पाँच नेताको काँघमा छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले सहकार्यको मोडालिटी तयार गरेर समाजवादी क्रान्तिकारीलाई एकतावद्ध गराउनुपर्छ । त्यसका लागि तत्कालै आम परिवर्तनकारी जनसमुदायलाई एकतावद्ध हुन सामूहिक अपिल गर्नुपर्छ ।

एमालेभित्रका क्रान्तिकारी शक्तिलाई पनि यो अभियानमा जोड्नुपर्छ । यसले एमालेभित्रको दक्षिणपन्थी अवसरवादी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने छ ।देशको परिस्थिति, कम्युनिष्ट शक्तिको वर्तमान स्थिति र स्थानीय तह निर्वाचनको परिणामले वाम शक्तिलाई पुनः एक ठाउँमा उभ्याउनुपर्ने अवस्थामा पु¥याएको छ ।

कम्युनिष्ट शक्ति कमजोर हुँदा आधारभूत तहका जनताको सपना मर्छ, विदेशी हस्तक्षेप बढ्छ र राष्ट्रियता कमजोर हुन पुग्छ । तसर्थ, एकतावद्ध कम्युनिष्ट आन्दोलनले मात्र देश र जनताको हितमा काम गर्न सक्छ ।

०७४ सालमा एमाले र माओवादी पार्टीबीच एकता हुन्छ भनेरै नेपाली जनताले दुई तिहाई मत दिएका थिए । तर, त्यसलाई केपी शर्मा ओलीले जोगाउन नसक्दा कम्युनिष्ट सरकार मात्र ढलेन, नेपालको राजनीतिमा एमालेलाई कमजोर समेत तुल्यायो ।त्यसैले विगतको कमजोरीबाट पाठ सिक्दै सच्चा कम्युनिष्टहरू एक हुनुको विकल्प छैन ।

चिनियाँ नेताले भने : दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेटमा उनले पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका नेता नारायणकाजी श्रेष्ठले बताए ।

‘नेपाल र नेपालको कुनै पनि पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको कुरामा उहाँले जोड दिनुभयो’ भेटपछि श्रेष्ठले पत्रकारहरुसँग भने ।

नेता जियानचाओले नेपालको विकासको प्रक्रियामा चीनले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाउदै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता अनुसार नेपालले ठोस योजना छनोट गरेमा ठोस रुपमा छलफल गर्न सकिने बताएका नेता श्रेष्ठले जाकारी दिए ।

भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए । उनले नेपालको विकास प्रक्रियामा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै चीनमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समस्या समाधान गर्न चीनको ध्यानाकर्षण गराएका थिए ।

नेता श्रेष्ठका अनुसार नेपाल र चीन बीचको ब्यापार घाटा कम गर्ने विषयमा पनि चिनियाँ सहयोगको अपेक्षा गरिएको प्रचण्डले बताएका थिए ।प्रचण्डसँगको भेटमा नेकपा माओवादी केन्द्रका नेताहरु श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङ, राम कार्कीलगायत सहभागी थिए ।

प्रचण्डसँग चिनियाँ नेता लिउ जियानचाओको भेट
चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

प्रचण्डलाई उनकै निवास खुमलटारमा गएर जियानचाओले भेटेका हुन् । भेटमा नेपाल चीन सम्बन्धका विषयमा कुराकानी भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ ।

मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् । सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए ।

नागरिकता विधेयकबारे माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच छलफल
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । सोही विधेयकमा सहमति जुटाउनका लागिसरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाणको सचिवालयले जनाएको छ ।

आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए ।

नागरिकता सम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास छ । विधेयक पास भएमा नागरिकता नपाएका लाखौं युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु¥याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिक बाहेकका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्वोधन गर्ने गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय