शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

फागुन ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शिविरमा रहेका लडाकुका लागि विनियोजित १९ अर्ब खोई भनी प्रश्न गरेका छन् ।

उनले आज कपिलवस्तुमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय महिला संघ क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै उक्त रकमबारे प्रश्न गरेका हुन् ।

‘जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कस्ले खायो ,’ विप्लवले प्रचण्डतर्फ इंकित गर्दै भने,‘बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ ।’

आफूहरु माओवादीमा रहँदा पनि यसबारे आवाज उठाएको स्मरण गराए । उनले भने,‘हामीले त्यसका विरुद्ध लड्यौं र उठ्यौं ।’

प्रचण्ड र ओलीको नामै तोकेर एक अर्कामाथि भ्रष्टाचारको आरोप लगाइरहेको बताए । उनले आफूहरु भ्रष्टाचार र बेथितीविरुद्ध लडेको बताए ।

विप्लवले सेना र प्रहरीविरुद्ध नलडेको बताए । उनले भने,‘हामीले सेना र प्रहरीलाई भन्यौं तपाईहरुका विरुद्ध लडाई होइन देशलाई लुट्नेका विरुद्ध लडाईं हो ।’ आफूहरुले सेना र प्रहरीलाई नछोएको विप्लवको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय