पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: व्यवस्था पुनरावलोकन आवश्यक छ

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी नरहेको बताएका छन्।

शाहवंशी राजसंस्थाका संस्थापक पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

शाहले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि राष्ट्रमा सुख हुन नसक्ने बताएका हुन्।

उनले वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँद गएको बताएका छन्।

‘राष्ट्रको माटो, प्रकृति र आफ्नो प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्छ, हामी चाहन्छौं – देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न-प्रयत्न गतिविधि आफ्नै शैली र ढाँचा तथा प्रक्रियाबाट अघि बढोस्,’ शाहले भनेका छन्।

गणतन्त्र स्थापना भएर गद्दी छाडेपछि तत्कालीन राजाले व्यवस्थाप्रति नै असन्तुष्टि जनाएर पुनरावलोकनको वहस चलाएको यो पहिलो पटक हो ।

उनले शाहवंशीय राजसंस्था आफ्नो जिम्मवारीबाट नचुक्नेसमेत प्रष्ट पारेका छन्।

‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन। विचार,आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुन आवश्यक देखिन्छ’,पूर्व राजाको सन्देशमा भनिएको छ।

ज्ञानेन्द्रले राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भन्दै हरेक जनताका आ आफ्नो राष्ट्रिय अवधाण,अनुभुति र चासो चिन्ताका विषय सुन्न तथा बुझ्न आफू तत्पर रहेको समेत बताएका छन्।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीमा दिएको सन्देश:

सत्तामोहमा कांग्रेस

प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्षविहीन बनाएर कांग्रेसले परम्परागत संसदीय प्रणालीलाई चुनौती दिएको छ
‘सबै कुरा गुमाइसकेपछि प्रतिपक्षको हाम्रो कित्ता छुट्टिइसकेको थियो, प्रतिपक्षमा बसेर भूमिका देखाउनुपर्थ्यो, अब यो भूमिकामा समेत प्रशस्त शंका हुने स्थिति निर्माण भयो ।’ -प्रदीप पौडेल

काठमाडौँ — सरकार निर्माणका लागि अर्को स्पष्ट गठबन्धन बनिसकेको अवस्थामा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर घुमाउरो तरिकाले सत्तामोह देखाएको छ । उसले प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्षविहीन बनाएर परम्परागत संसदीय प्रणालीलाई चुनौतीसमेत दिएको छ ।

एमालेसहित सात राजनीतिक दलको समर्थन रहेकाले कांग्रेसबाट विश्वासको मत नपाउँदैमा दाहाल सरकार अप्ठ्यारोमा पर्ने थिएन । तर कानुनी, राजनीतिक र नैतिक रूपले समेत प्रतिपक्षी दलको हैसियत गुमाएर कांग्रेसले दाहाल सरकारलाई विश्वासको मत दिएको छ । परम्परागत संसदीय प्रणालीलाई पार्टीको मूल आदर्श ठान्ने कांग्रेसले आफ्नै वैचारिक धरातल बिर्सेकामा पार्टीभित्रै पनि टीकाटिप्पणी भइरहेको छ ।

कांग्रेस नेता शेखर कोइराला तत्कालीन अवस्थामा राष्ट्रपति र सभामुखको निर्वाचनमा नयाँ ध्रुवीकरण बनाउन सकिन्छ कि भन्ने सोच सभापति शेरबहादुर देउवा र उनीनिकट नेतालाई परेकाले विश्वासको मत दिने निर्णय गरिएको हुन सक्ने बताउँछन् । ‘सत्ता समीकरण बदल्ने कुरा त जहिल्यै पनि सम्भावनाभित्रकै खेल हो, तर, तत्कालै सत्ता आइहाल्ने परिस्थिति थिएन,’ उनले भने, ‘सभामुखको निर्वाचनमा तलमाथि हुने अवस्था पनि मैले देखेको छैन ।’

नेता कोइरालाले राष्ट्रपतिकै निर्वाचनमा पनि फरक परिस्थिति निर्माण हुने विश्वास आफूलाई नरहेको बताए । ‘नेतृत्वलाई राष्ट्रपति आइहाल्छ कि भन्ने लागेको होला, नेताहरूबीच कुराकानी भएका होलान् । समझदारी पनि होलान् । सबै कुरा हामीलाई थाहा भएन,’ उनले भने, ‘तर तत्कालीन नेकपादेखि अहिलेसम्म लामो हन्डर र धोकाधडी व्यहोरेर आएका ओली र दाहाल सजिलै फेरि अलग हुन्छन् भन्ने मलाई लाग्दैन ।’

कांग्रेस नेताहरूका अनुसार पुस १० मा अनपेक्षित ढंगले सत्ता गुमेपछि पछुतो मानिरहेका पार्टी सभापति देउवालाई फेरि सत्ता राजनीतिको केन्द्रमा फर्किन सकिने विश्वास एकाएक जागेको कांग्रेसकै नेताको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालबीच चाँडै अन्तरद्वन्द्व आउने आकलन देउवाले गरेका छन् ।

राष्ट्रपति निर्वाचनबाटै ओली र दाहालबीच अन्तरद्वन्द्व सुरु हुने बुझाइ बनाएका देउवाले पहिलो अर्जुनदृष्टि राष्ट्रपति पदलाई नै बनाएका छन् । विगतमा राष्ट्रपतिलाई उपयोग गरेर ओलीले दुई–दुई पटक संविधान विघटन गरेकाले त्यही घटना दोहोरिन नदिन यस पटक राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई नदिन कांग्रेस र माओवादीका नेताबीच केही दिनदेखि संवाद चलिरहेको स्रोतको दाबी छ । यसमा दक्षिण छिमेकी भारतको समेत भूमिका रहेको नेताहरूको भनाइ छ ।

कांग्रेसका एक नेताका अनुसार भारतले तत्कालीन पाँचदलीय गठबन्धनलाई कायम राखेर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको थियो, त्यसमा असफल भएपछि कांग्रेसलाई विश्वासको मत हाल्न लगाएर राष्ट्रपति निर्वाचनमा नयाँ खालको ध्रुवीकरण गराउने प्रयासमा भारत लागेको छ । ‘विदेशी शक्ति र हाम्रो पार्टीका लागि सबैभन्दा बढी चासो राष्ट्रपतिमा छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवै आकांक्षी छन् । सरकारलाई विश्वासको मत दिनुपर्छ भन्नेमा सबैभन्दा बढी उहाँहरू नै लाग्नुभयो,’ ती नेताले भने, ‘सभापतिज्यू र उहाँहरूको कुरा सुन्दा राष्ट्रपति कांग्रेसले पाउन सक्छ ।’प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्षविहीन बनाएर कांग्रेसले परम्परागत संसदीय प्रणालीलाई चुनौती दिएको छ
‘सबै कुरा गुमाइसकेपछि प्रतिपक्षको हाम्रो कित्ता छुट्टिइसकेको थियो, प्रतिपक्षमा बसेर भूमिका देखाउनुपर्थ्यो, अब यो भूमिकामा समेत प्रशस्त शंका हुने स्थिति निर्माण भयो ।’ -प्रदीप पौडेल

काठमाडौँ — सरकार निर्माणका लागि अर्को स्पष्ट गठबन्धन बनिसकेको अवस्थामा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर घुमाउरो तरिकाले सत्तामोह देखाएको छ । उसले प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्षविहीन बनाएर परम्परागत संसदीय प्रणालीलाई चुनौतीसमेत दिएको छ ।

एमालेसहित सात राजनीतिक दलको समर्थन रहेकाले कांग्रेसबाट विश्वासको मत नपाउँदैमा दाहाल सरकार अप्ठ्यारोमा पर्ने थिएन । तर कानुनी, राजनीतिक र नैतिक रूपले समेत प्रतिपक्षी दलको हैसियत गुमाएर कांग्रेसले दाहाल सरकारलाई विश्वासको मत दिएको छ । परम्परागत संसदीय प्रणालीलाई पार्टीको मूल आदर्श ठान्ने कांग्रेसले आफ्नै वैचारिक धरातल बिर्सेकामा पार्टीभित्रै पनि टीकाटिप्पणी भइरहेको छ ।

कांग्रेस नेता शेखर कोइराला तत्कालीन अवस्थामा राष्ट्रपति र सभामुखको निर्वाचनमा नयाँ ध्रुवीकरण बनाउन सकिन्छ कि भन्ने सोच सभापति शेरबहादुर देउवा र उनीनिकट नेतालाई परेकाले विश्वासको मत दिने निर्णय गरिएको हुन सक्ने बताउँछन् । ‘सत्ता समीकरण बदल्ने कुरा त जहिल्यै पनि सम्भावनाभित्रकै खेल हो, तर, तत्कालै सत्ता आइहाल्ने परिस्थिति थिएन,’ उनले भने, ‘सभामुखको निर्वाचनमा तलमाथि हुने अवस्था पनि मैले देखेको छैन ।’

नेता कोइरालाले राष्ट्रपतिकै निर्वाचनमा पनि फरक परिस्थिति निर्माण हुने विश्वास आफूलाई नरहेको बताए । ‘नेतृत्वलाई राष्ट्रपति आइहाल्छ कि भन्ने लागेको होला, नेताहरूबीच कुराकानी भएका होलान् । समझदारी पनि होलान् । सबै कुरा हामीलाई थाहा भएन,’ उनले भने, ‘तर तत्कालीन नेकपादेखि अहिलेसम्म लामो हन्डर र धोकाधडी व्यहोरेर आएका ओली र दाहाल सजिलै फेरि अलग हुन्छन् भन्ने मलाई लाग्दैन ।’

कांग्रेस नेताहरूका अनुसार पुस १० मा अनपेक्षित ढंगले सत्ता गुमेपछि पछुतो मानिरहेका पार्टी सभापति देउवालाई फेरि सत्ता राजनीतिको केन्द्रमा फर्किन सकिने विश्वास एकाएक जागेको कांग्रेसकै नेताको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालबीच चाँडै अन्तरद्वन्द्व आउने आकलन देउवाले गरेका छन् ।

राष्ट्रपति निर्वाचनबाटै ओली र दाहालबीच अन्तरद्वन्द्व सुरु हुने बुझाइ बनाएका देउवाले पहिलो अर्जुनदृष्टि राष्ट्रपति पदलाई नै बनाएका छन् । विगतमा राष्ट्रपतिलाई उपयोग गरेर ओलीले दुई–दुई पटक संविधान विघटन गरेकाले त्यही घटना दोहोरिन नदिन यस पटक राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई नदिन कांग्रेस र माओवादीका नेताबीच केही दिनदेखि संवाद चलिरहेको स्रोतको दाबी छ । यसमा दक्षिण छिमेकी भारतको समेत भूमिका रहेको नेताहरूको भनाइ छ ।

कांग्रेसका एक नेताका अनुसार भारतले तत्कालीन पाँचदलीय गठबन्धनलाई कायम राखेर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको थियो, त्यसमा असफल भएपछि कांग्रेसलाई विश्वासको मत हाल्न लगाएर राष्ट्रपति निर्वाचनमा नयाँ खालको ध्रुवीकरण गराउने प्रयासमा भारत लागेको छ । ‘विदेशी शक्ति र हाम्रो पार्टीका लागि सबैभन्दा बढी चासो राष्ट्रपतिमा छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवै आकांक्षी छन् । सरकारलाई विश्वासको मत दिनुपर्छ भन्नेमा सबैभन्दा बढी उहाँहरू नै लाग्नुभयो,’ ती नेताले भने, ‘सभापतिज्यू र उहाँहरूको कुरा सुन्दा राष्ट्रपति कांग्रेसले पाउन सक्छ ।’

प्रधानमन्त्री दाहाललाई विश्वासमा लिएर अघि बढ्नुपर्ने मनस्थिति पार्टी नेतृत्वले बनाइरहेको छ । कांग्रेसकांग्रेसका एक नेताले प्रधानमन्त्री दाहालको मनोविज्ञान बुझेरै विश्वासको मत दिएको बताए । उनका अनुसार ओलीमा शक्ति महत्त्वाकांक्षा र रबाफ बढेकामा दाहाल भित्रभित्रै असन्तुष्ट छन्, भविष्यमा ओलीले आफूमाथि बदला लिने हुन् कि भन्ने भय पनि दाहालमा छ । ओली सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छन् । एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल सरकारको साझा न्यूनतम कार्यक्रम मस्यौदा समितिका संयोजक थिए । ०७४ निर्वाचनपछि ओली प्रधानमन्त्री हुँदा दाहाल यस्तै संयन्त्रको संयोजक बन्न खोजेका थिए तर ओली तयार भएका थिएनन् ।

‘ओलीकै कारण गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले पायो, अर्थमन्त्री एमालेको जिम्मामा छ । सरकारलाई अंकुश लगाउन सक्ने संयन्त्रको संयोजक ओली आफैं छन् । सोमबार सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा समेत प्रधामन्त्रीलाई साइडमा राखेर ओलीले राजनीतिक शक्तिको केन्द्रमा आफू भएको सन्देश दिन खोजे,’ कांग्रेसका ती नेताले भने, ‘यी सामान्य घटना भए पनि दाहालको मनोविज्ञानमा यसले ठूलो प्रभाव पारिरहेको छ ।’

धुम्बाराहीमा दाहाल र देउवाबीच सोमबार भएको सवा घण्टाको छलफलमा ओलीले संसद्को पहिलो बैठकमै प्रतिनिधिसभा विघटन गरेको आफ्नो कदम बचाउ गरेकामा गम्भीर चिन्ता जनाइएको थियो । राष्ट्रपति र सभामुखसमेत एमालेलाई दिँदा कुनै पनि बेला ओलीले बदलाको भाव राख्न सक्ने अनुमान दाहालले गर्न थालेको कांग्रेसका अर्का एक नेताले बताए । ‘त्यसैले पनि राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्न माओवादीभित्र गम्भीर ढंगले उठेको छ । माओवादीले आफ्नो उम्मेदवारलाई साथ दिन्छ भन्ने विश्वास कांग्रेस सभापतिलाई छ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल एमालेलाई राष्ट्रपति र सभामुख दिने सम्झौता गरेर दाहाल प्रधानमन्त्री भएको उल्लेख गर्दै राष्ट्रपति कांग्रेसले पाउनेमा आफूलाई विश्वास नभएको बताए । ‘शक्तिका मुख्य सबै पद बाँडफाँट भइसकेका छन् ।

साढे दुई वर्षपछि प्रधानमन्त्री पर्खन ओली तयार भइसकेका छन् । माओवादीले गठबन्धन तोडेर कांग्रेसको राष्ट्रपतिलाई सहयोग गर्छ भन्ने विश्वास कतैबाट पनि देखिन्न । कांग्रेसलाई आशा मात्रै देखाइएको हो,’ उनले भने । कांग्रेसले सबै गुमाएपछि अहिले राष्ट्रपतिको आशा गरेर अराजनीतिक बाटो समात्नु गलत रहेको उनले बताए ।

कांग्रेसको यो कदमका कारण ओली झनै सचेत बन्न सक्ने कतिपय नेताहरू बताउँछन् । संसद्मा मंगलबार बोल्दासमेत ओलीले गठबन्धन भत्काउने प्रयत्नमा कांग्रेस लागेको आशंका गरेका थिए । ‘यो समर्थन कुनै जाल होइन भने, यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने, जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खेलामा फ्याँकेजस्तै हुनेछ,’ उनले भनेका थिए ।

विश्वासको मत दिनुअघि कांग्रेसलाई प्रतिपक्षमा बस्नका लागि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वलाई तीव्र दबाब दिएका थिए । कांग्रेस र नेतृत्वलाई पटक–पटक फसाइएको भन्दै उनीहरूले पार्टीलाई प्रतिपक्षमा राख्न जोडबल गर्दा पनि नेतृत्व तयार भएन ।

त्यसपछि कांग्रेसका सबै सांसदले विश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए । पार्टीले विश्वासको मत दिने निर्णय गर्दा महामन्त्रीद्वय थापा र शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले फरक मत राखेका थिए । संस्थापनइतरका नेता शेखर कोइराला मौन बसिदिएपछि देउवालाई आफूले चाहेको निर्णय गराउन सहज बनेको थियो ।

‘शेखरदाले फरक मत राखिदिएको भए परिस्थिति अर्को बन्ने थियो, तर नेतृत्वले अडान राखेपछि उहाँ चुप बसिदिनुभयो,’ एक सांसदले भने, ‘बैठकमा संस्थापन पक्षबाट एक जना पनि सांसदले सभापतिको प्रस्तावमा फरक धारणा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय