शुक्रबार , चैत्र १६, २०८०

फागुन ।

अन्ततः पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अलग हुने भएका छन् ।

आज पेरिसडाँडामा खारेज भइसकेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले अलग हुने निर्णय गरेको हो । योसँगै प्रचण्ड र माधव नेपाल अलग भएका छन् । तर, दुवैले समिकरण बनाएर जाने रणनीति बुनेका छन् ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । योसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् ।

कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल अप्ठ्यारोमा परे । अन्ततः नेपालले एमालेभित्र रहेर ओलीसँग संघर्ष गर्ने निर्णय गरे ।

एमालेभित्र नेपाल अल्पमतमा छन् । उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन । त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका हुन् ।

यसैगरी, माधव नेपालले तत्काल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ ।सत्ताबाट ओलीलाई हटाएपछि एमालेभित्रै शक्ति वृद्धि हुने नेपाल पक्षकोे बुझाई छ ।

अहिले ओलीलाई हटाउन सिधै लाग्दा संसदीय दलको विधान बमोजिम ह्वीप विरुद्ध जाँदा सांसद पद नै गुम्न पुग्छ । त्यसैले नेपाल एमालेमै बसेर संघर्ष गर्ने पक्षमा उभिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय