गायिका समिक्षा अधिकारीलाई गालि गर्नेहरु होसियार, पल शाह जस्तै जेल जानू पर्ला (भिडियो सहित)

र यो पनि
काठमाडौं। केही समयअघि एक अभिनेतासंग कानुनी झमेलामा परेकी गायिका समिक्षा अधिकारी अझै पनि खुलेर हिड्न सकेकी छैनन्। गितहरु रेकर्डिङ तथा म्युजिक भिडियोका कार्यहरूमा उनलाई खासै बाधा अड्चन नदेखिए पनि साङितिक कार्यक्रमहरुमा भने उनलाई सहज वातावरण अझै मिल्न सकेको छैन।

सामाजिक संजालमा समेत उनको बारेमा नकारात्मक कमेन्ट घट्ने अवस्था आइसकेको देखिन्न। केही समयअघि एक कार्यक्रममा प्रस्तुती दिदै गर्दा उनी माथी ढुङ्गा प्रहार भएको थियो। त्यसबेला उनी जोगिए पनि सामाजिक संजाल प्रयोगकर्ताको तुच्छ प्रहारबाट भने उनी जोगिन सकेनन्।

सामाजिक संजालमा आफुप्रती नकारात्मक कमेन्टको वर्षात भएपछि समिक्षाले केही समय पब्लिक कमेन्टलाई हटाएकी थिइन्। अर्थात उनका फेसबुकमा साथी बनेकाहरुले मात्रै कमेन्ट गर्न मिल्थ्यो। तर, अहिले भने उनले पब्लिक कमेन्टलाई फुकुवा गरेकी छन्।

हालै उनले एक चुनौतीपुर्ण स्ट्याटस सहित नकारात्मक कमेन्ट गर्नेलाई आफ्नो फेसबुक आइडी तथा पेजमा खुल्ला छोडेको संकेत गर्दै त्यस्ता कमेन्टलाई तह लगाउने साइबर अपराधको कानुन पनि देशमा रहेको लेखेकी छन्।

उनले स्ट्याटसमा ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन्। आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन।’ भन्दै यस्तो बताएकी हुन्।

यति मात्र होईन समिक्षाले केहि समय अगाडि मध्यरातमा आफु यसरी गालि खाएर सधै बाच्न नसक्ने आसयको स्टाटस लेखेकी थिईन्। तर त्यसमा पनि थुप्रै नकरात्मक कमेन्ट आएपछि उनले उक्त स्टास डिलिट गरेकी थिईन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय