श्री स्वस्थानी व्रत कथाको छैटौ दिन को महिमा सेयर गरदै सबैलाई जानकारी गराई स्वस्थानी माता को कृपा प्राप्त गरौ श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो।यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति,समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ।व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।जय स्वस्थानी माता।सबैको दिन शुभ रहोस । स्वस्थानी माताको आशिर्वादले मनले आटेको पुगोस ।एक शेयर गर्दै हेर्नुहोस श्री स्वस्थानी व्रत कथाको छैटौ कथा मा दक्ष प्रजापति ले यज्ञ को आयोजना गरेर सबै देवता लाई बोलाए तर शिव जि र सति देबि लाई नबोलाए पछि सति देबि ले अग्नि माआफ्नु देह परित्याग गरको उल्लेख छ ।

श्री स्वस्थानी व्रत कथाको छैटौ दिन भगवान श्री हरि ले दानव हरुको बध गरेर देवता हरु र मुनि हरु लाई पुजा जप तप गर्न बाट सुरक्षित गराउनु भयो । कुमार जि आज्ञा गर्नु हुन्छ हे जब भगवान श्री हरि जालनघर नाम कल राक्षस लाई बध गरन नसके पछि महादेव सग सोधनु हुनछ किन जालानधर को बध गर्न सकिएन महादेब भन्नू हुन्छ उसकि श्रीमती पतिब्र्ता छन उनैको कारण ले जलानधर लाई मार्न सकिदैन ।

श्री स्वस्थानी व्रत कथाको पाचौ दिन पुजा गर्ने विधि पढौ जय स्वस्थानी माता लाई खुसि पारि बरदान पूरा गरौ बिशेश गरि छोराछोरी र श्रीमान को लागि गरिने यो पुजा नेपाली नारि हरुको लागि खास छ तन मन दिएर गरिने पुजा ले पक्कै पनि फल मिलने छ आज चौथो दिन को पुजा पनि अरु दिन जस्तो नौ हुनेछ ।

बिशेश गरि यो पुजा अरु फुल भन्दा बेलपत्र बढि चढाएमा बढि पुनय मिलने कुरा पुराण मा उल्लेख छ । सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी लाई खवर आगनि स्वस्थानी व्रत कथाको हार्दिक सुभकामना दिदै हजुर हरु को कामना पूरा होस समचार पुरा पढौ सबै विधि जानकारी लिई अन्त मा सेयर गरि अरु लाई पनि जानकारी दिनु होला बाकि कथा पढेेर मोक्ष प्राप्त गरौ ।

पुजा गर्दा जहिले पनि मन लाई सान्त बनाउनु होला किनकि मन सान्त भएन भने हजुर को मन मा अनेक कुरा हरु खेल्न सुरु गर्द्छ जस बाट भक्त को दिल र भगवान सग समाहित हुन सक्दैन ।कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, दक्ष प्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरू जन्मार्इन् । यसक्रममा उनीबाट तेत्तीस कोटि कन्याहरू भए । ती कन्याहरूलाई दक्ष र विरणीले समान माया र ममताका साथ लालनपालन गर्दै रहे । ती कन्याहरू पनि ज्वाज्वल्यमान रूप र लावण्यका भए ।

स्वर्गका सम्पूर्ण देवताहरू ऋषि, यक्ष, गन्धर्व, किन्नर, दिक्पाल, नाग, प्रभृत्ति सबै एकै ठाउँमा भेला भएर ‘हामी सबै तेत्तीस कोटि देवताहरूले दक्षका तेत्तीस कोटि कन्या मागेर घरजम गर्नुपर्छ’ भनेर निधो गरे । अनि नारदलाई यो विवाहको कुरा चलाउन पठाए । दक्ष प्रजापतिले आफ्नी सबैभन्दा राम्री जेठी छोरी सतीबाहेक सबैलाई बिहे गरिदिने वचन दिए र भने ‘मेरो पनि छोरा छैन यसलाई छोरा छोरा बनाएरराख्न नदिएको हुँ’ भनेर भने । दक्ष प्रजापति पनि हर्षित भएर ‘हजूरले भन्नुभएको जुनसुकै समयमा पनि दिन तयार छु’ भने ।

हाम्री छोरीहरूको पनि घरजम हुने भयो धन्य नारदमुनि’ भनी दक्ष र विरणी हर्षित भए ।देवताहरू सबै बाजागाजाका साथ दक्षकहाँ जन्ती आए र वैदिक विधिपूर्वक कन्यादान लिए अनि सबै देवताहरू आ–आफ्ना स्थानमा गए । श्री महादेवजीले कैलाशमा ध्यान गरिरहनुभएको बेला ध्यानदृष्टिले हेर्दा सबै देवताहरूको विवाह भैसकेको थाहा पाए अनि साह्रै चित्त आकूल गरे ।

फेरि दक्षको घरमा एउटी कन्या बाँकी भएको ध्यानदृष्टिले पत्ता लगाए । अनि मलाई सम्झेरै राखेका रहेछन् भनेर हर्षित भई दक्षकहाँ कन्या माग्न गए । दक्ष प्रजापति आज तँ मेरामा कति कामले आर्इस , हे दिगम्बर ।

महादेव :– मैले यहाँ आउनुको कारण के हो भने तेत्तीस कोटि देवताहरूले कन्या पाए । उनीहरूले घर बसाए । सबैको उद्धार भयो । मेरै लागि जेठी छोरी बाँकी राखेका रहेछौ अब मेरो पनि उद्धार गर ।दक्ष प्रजापति :- हे शरम पचेको दुष्ट महादेव । बत्तीस लक्षणले सुन्दरी मेरी सबभन्दा राम्री छोरीको तँ जोडी हुन सक्दैनस् । तँ स्मशानबासी, खरानी घस्ने, भूतप्रेतसँग डुल्ने, नागको माला लाउने, बिख– भाङ्गधतुरो खाने ।मेरो घरमा एकछिन पनि नबस्, तँ गइहाल् ।(यसरी अरूपनि धेरै धेरै अपमान गरेर भनिसकेपछि महादेवको पाखुरा समातेर दक्षले श्री भोलेनाथ महादेवजीलाई घरबाहिर निकाल्यो
महादेव :– इच्छा छैन भने, नदिने भए दिन्न भने भइहाल्थ्यो ।यस्तरी निन्दा गरेर अपमान नगरेको भए हुन्थ्यो ।

त्यसपछि अति मन दुखाई भगवान् महादेवजी विष्णुलोकमा भगवान् विष्णु कहाँ गए र ‘मलाई दक्ष प्रजापतिले यसरी यसरी अपमान गर्यो’ भन्दै ‘खासमा म यसो भनेर त्यहाँ कन्या माग्न गएको थिएँ’ भने ।अनि विष्णुले महादेवलाई ‘हजुर यहाँ विष्णुलोकमा एकछिन् बस्नुस् है, म चाँजोपाँजो मिलाएर आउँछु ।भनेर वहाँ दक्ष प्रजापति कहाँ जानुभयो ।

भगवान् विष्णु आगमन भएको देखी दक्ष प्रजापतिले कमण्डलुले गोडा धोर्इ ठूलो आसनमा बसाले र ‘हजूरलाई के सेवा गरुँ’ भनी सुध्याए ।विष्णु :– हे दक्षप्रजापति म केही माग्न आएको छु दिन्छौ भने मात्र माग्छु ाआज को कथा सकिएको छ श्री स्वस्थानी व्रत कथाकि जय ।

श्री स्वस्थानी व्रत कथाको छैटौ दिनको पुजा गर्ने विधि पढौ जय स्वस्थानी माता लाई खुसि पारि मनकामना सिद्ध गरौ ( सक्दो सेयर गरौ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय