रविको सपोर्टमा बालेन उत्रिए एक्सनमा, काठमाडौं लागु भयो आजदेखि नया नियम, शेर गर्नुस

काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गरी ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो ।

सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको महानगरको सूचनामा उल्लेख छ । महानगरले निषेध गरेको कार्य नगर्न सचेत गराउने, कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ)वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ ।’

यसैगरी राजनीतिशास्त्रमा एउटा सदावहार प्रश्न छ– नीति कि नेता प्रधान ? राजनीतिक दलका सन्दर्भमा गरिने यो प्रश्नको उत्तरमा अपवादलाई छोडेर सबैले नीतिप्रधान नै भन्छन् । हुनुपर्ने पनि त्यही हो । तर, यथार्थमा त्यस्तो हुँदैन, अधिकांश राजनीतिक दल नीतिप्रधान नभएर नेताप्रधान नै भएको धेरै उदाहरण छन् ।

वैचारिक नेताहरूको सन्दर्भमा नेताप्रधान दल पनि हुन सक्छन्, हुन्छन् । तर, त्यस्तो अवस्था यदाकदा मात्र हुन्छ । पछिल्लो समय विश्व राजनीतिमै त्यस्तो अवस्था देखिएको छैन भन्दा पनि हुन्छ । तर, पनि दलहरू नीति होइन नेता प्रधान हँुदै गएका छन् ।

जब नीति होइन, नेता प्रधान हुन्छ, त्यहाँ दल होइन, व्यक्ति हाबी हुन्छ । त्यस्तो राज्यव्यवस्थामा दल हुनु र नहुनुको पनि खासै अर्थ हँुदैन । नेपालको सन्दर्भमा कुरा गर्दा अहिले दलीय व्यवस्था छ, प्रभावको हिसाबले ठूला–साना गरेर सयौंको संख्या दल छन् । तर, ती दल मुलतः व्यक्तिको व्यवस्थापनकै लागि खोलिएका छन् । थोरै चलाइएका छन् भने धेरै त थपना मात्रै थापिएका छन् ।

नेपालमा अहिलेको दलीय व्यवस्था हुनुअघि निर्दलीय व्यवस्था थियो । पञ्चायती व्यवस्था भनिने त्यो व्यवस्थामा दल प्रतिबन्धित थिए, व्यक्ति नै दलजस्ता थिए । माथिदेखि तलैसम्म गुट हुन्थ्यो । ती गुटहरूको साइनो दरबारसम्म हुन्थ्यो । दरबारमा बलियो हुने भारदारको आधारमा राजनीतिक चित वा पोट हुन्थ्यो ।

दुःखका साथ भन्नुपर्छ– हामीसँग ल्याकत भएका र नियत सफा भएका नेता नै भएनन् । हामीले निरंकुश चरित्रका नालायकहरूलाई पार्टीको मठाधीश बनायौँ । र, ती मठाधीशलाई यो वा त्यो नामका नेताको पगरी भिराएर गलत संकथन निर्माण गर्याैं ।

त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त हुन्थे । उनीहरू जनताप्रति होइन, रूपमा राजा र सारमा उनीहरूलाई सेटिङ गर्ने भारदारप्रति जवाफदेही हुन्थे । पञ्चायतको अन्तिम समयमा भूमिगत गिरोह भनेर सांकेतिकरूपमा भारदारहरूलाई भन्न थालिएको पनि थियो ।

त्यो निर्दलीय व्यवस्था संसारमा चलेको उदारवादको हावासँग तालमेल खाएन । यही बीचमा नेपालमा पनि परिवर्तनको पक्षमा सयौँ जनताले बलिदानी दिए, हजारौँले कष्टसाध्य जीवन बिताए । प्रकारान्तरमा हामीले एक थान बहुदलीय व्यवस्था पायौं । यो साँवा थियो भने ब्याजका रूपमा खासै परिश्रम नगरी गणतन्त्र आयो । त्योसँगै जोडिएर धर्मनिरपेक्षता आयो, समावेशिता आयो, संघीय संरचना आयो ।

जगजाहेर छ, अहिले हामी यी सबै विशेषतासज्जित बहुदलीय गणतन्त्र व्यवस्थाको अभ्यास गरिरहेका छौँ । तर, प्रश्न के भने हामी बहुदलीय व्यवस्थाअनुसारकै आचरण गरिरहेका छौँ त ? हाम्रा कर्महरूले यो बहुदलीय व्यवस्था पुलकित हँुदैछ त ? विश्वकै सबैभन्दा उम्दा भनिएको यो व्यवस्थाबाट जनता लाभान्वित भइरहेका छन् त ?

यी तमाम प्रश्नहरूको उत्तर ‘छैन’ भन्ने आउँछ । आम मान्छेले ठाडै छैन भन्छन् । जो यसका लागि जिम्मेवार विशेष मान्छे हुन्, उनीहरू पनि छैन त भन्छन् तर त्यसका लागि तर, आदि इत्यादि लगाउँछन् । केही छुट लिन्छन्, केही बहानाबाजी गर्छन् ।

आखिर किन यस्तो भयो ? यसका अनेक उत्तर हुन सक्छन् । तर, मूल जवाफ हामीसँग नेता नभएर हो । पार्टीका अध्यक्ष वा सभापतिदेखि अनेक पदमा मान्छे छन्, तर ती पदाधिकारी मात्र भए, नेता भएनन् । नेता हुनु भनेको भीडबाट निर्देशित हुनु होइन, भीडलाई निर्देशन गरेर गन्तव्यमा पुर्याउनु हो ।

हुन त यसबीचमा कसैले नेतामा जन थपेर जननेता भनाए, कसैले राज थपेर राजनेता पनि भनाए तर यथार्थमा हामीसँग कोही नेतामात्रै पनि भएन ।

नेता एक बहुआयामिक व्यक्तित्व हो । यसलाई अनेक आयाममा परिभाषित गर्न सकिन्छ, व्याख्या र विश्लेषण गर्न सकिन्छ । त्यही आधारमा यसका विशेताहरू पनि उल्लेख गर्न सकिन्छ । तर, अमेरिकी राजनीतिका एक पण्डित रूजबेल्टले भनेका छन्– नेता हुन मुलतः दुई विशेषता चाहिन्छ– ल्याकत र नियत ।

ल्याकत भन्नाले क्षमताको समष्टी रूप हो । उनका अनुसार सैद्धान्तिकरूपमा पढेर र त्यसलाई व्यवहारिकरूपमा प्रयोगमा ल्याएर ल्याकत स्थापित गर्न सकिन्छ । नियत भन्नाले एक किसिमको दृष्टिकोणको समष्टिगत रूप हो । राम्रो गर्ने कि नराम्रो गर्ने, त्यसको छिनोफानो गर्ने ब्रम्ह–चिन्तन हो नियत । उनका अनुसार, नेताको नियत राम्रो हुनुपर्छ । उसलाई नराम्रो गर्ने छुट कतैबाट, कहिल्यै पनि हुँदैन र हुनुहुन्न ।

नेतामा ल्याकत हुनसक्छ तर त्यो नै सबै कुरा होइन । नियत सफा भएन भने त्यो ल्याकतले दुष्परिणाम ल्याउँछ । निश्चित व्यक्ति वा समूहमात्रै उभो लाग्छ, समग्रताको हित हँुदैन ।

अब नेपालका नेताको कुरा गरौँ– पहिलो त उनीहरूले जे चाहिने हो, त्यो पढेकै छैनन् । रूजवेल्टका अनुसार नेता हुन मुलतः राजनीतिशास्त्र र समाजशास्त्र पढेको हुनुपर्छ । त्यो पनि कर्मकाण्डी होइन, अद्यावधिक र समयसापेक्ष । हाम्रो देशको कुन पार्टीको अध्यक्ष वा सभापति वा त्यस्तै उपल्लो पदाधिकारीले त्यो मानकको शिक्षा लिएको छ ?

यस प्रश्नको उत्तर अत्यन्त निराशाजनक छ । तर, कोही त्यस्ता तथाकथित नेता त्यो सत्य स्वीकार्न तयार छैनन् । या त उनीहरू आफूलाई सर्वज्ञानी देखाउन अण्टसण्ट बोलिरहेका छन् या त अरू पढेलेखेका मानिसको खोइरो खनिरहेका छन् । विश्वले मानेका केही मानक शैक्षिक योग्यतालाई समेत नेपालमा होच्याउने वा खिसिट्युरीको विषय बनाउने गरिन्छ । सम्बन्धित विषयको विज्ञलाई सम्मान गर्ने, उसको विशेषज्ञताको उपयोग गर्नेजस्ता केही काम नै हँुदैन । एक किसिमको छोइछिटोमा पारिन्छन् उनीहरू ।

अब नियतको कुरा गरौँ– नेपालका तथाकथित नेताहरूको नियत नै सफा देखिएन । आफू, आफ्ना नातेदार, आफ्नो गुट, आफ्नो दल यीभन्दा माथि उठ्ने कदको नेता नै छैन । धेरै माथि उठेमा आफ्नो निर्वाचन क्षेत्र, आफ्नो जिल्ला । त्योभन्दा माथि देश हुन्छ, देशवासी हुन्छन् । त्यो कोणबाट सोच्ने मस्तिष्क नै छैन नेपाली नेतामा । ‘मै खाउँ, मै लाउँ सुख–सयल मै गरू’ भन्ने सोचभन्दा माथि उठ्नै सकेनन् । आफूले गरेर मात्र पुगेन, आफ्ना नालायक उत्तराधिकारीको बोझ थपेर बैतरणी तर्छन् ।

जब ल्याकत हुँदैन, नियत सफा हुँदैन तब कोही नेता हुन सक्दैन । तर, दुर्भाग्य नेपालमा यस्तै ल्याकत नभएका र नियत सफा नभएका व्यक्तिहरू दल र देश हाँक्ने ठाउँमा छन् । परिणाम सबैका सामु छ, हामी सबैखाले मापदण्डमा पछाडि धकेलिरहेका छौँ, देश पछाडि धेकलिरहेको छ ।

अहिले नेपालका ठूला दलका ठूला नेतामा को कतिपटक पार्टी अध्यक्ष वा सभापति हुने, प्रधानमन्त्री हुने भन्ने होड चलेको छ । तर, उनीहरूले त्यहाँ पुगेर के गरे भन्नेचाहिँ कसैले हेक्का राखेका छैनन् । शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भए, के गरे यति धेरैपटक प्रधानमन्त्री भएर ? देशले के पायो ? प्रचण्ड तीनपटक प्रधानमन्त्री भए, केपी ओली दुईपटक भए, तेस्रो चोटिका लागि खुट्टा उचालिराखेका छन् ।

आखिर उनीहरू जतिपटक प्रधानमन्त्री भए पनि त्यही नभएको ल्याकत देखिने हो, गलत नियत उजागर हुने हो । जसको भुक्तमान नेपाल र नेपाली भोगिरहेका छन् । अहिले नेपालमा भएकै यही हो ।

हुन त राजनीतिमा दोस्रो पुस्ता, तेस्रो पुस्ताको कुरा पनि उचालिँदै आएको छ । तर, यी उमेरमा कान्छाहरूले पुस्तान्तरणका नाममा खोजेको पनि सत्ता नै हो । उनीहरूको ल्याकत र नियत पनि उन्नाइस–बीस मात्र हो, लगभग उस्तै छ । यद्यपि, उमेरजन्य कारणले केही फरक होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

नेताको ल्याकत र नियतको कुरा मात्र होइन, चरित्रको कुरा पनि हो । नेता आफैँमा रोलमोडल पनि हो । तर, हाम्रा नेताहरू कोही पनि रोलमोडल बनाउन लायक छैनन् । देउवालाई केका लागि रोलमोडल बनाउने, ओलीलाई केका लागि बनाउने ? अनि प्रचण्डलाई केका लागि रोलमोडल बनाउने ? कोही पनि सचेत नेपाली उनीहरू जस्तो बन्न तयार छैनन्, उनीहरू जस्तो सन्तान बनाउन पनि राजी छैनन् । केही अपवाद होलान्, त्यो बेग्लै पाटो भयो, त्यसलाई सामान्यीकरण नगरौँ ।

नेपाली नेताको व्यवहारले नेपालको दलीय व्यवस्थाको पनि चरित्रहरण भयो । दललाई त्यस्तै ल्याकत नभएका र नियत सफा नभएका नेताहरूलाई सत्तामा चढाउने प्राविधिक भर्याङ मात्र बनाइयो । जो दलका प्रमुख छन्, उनीहरूले प्राविधिक बहुमत बनाएर दल नै कब्जा गरे ।

पछिल्लो सत्तागठबन्धन विघटन किन भयो ? त्यसको उत्तर नै पर्याप्त छ । जगजाहेर छ, देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री छोडेनन्, प्रचण्डलाई त्यो नभई भएन । देउवा मरिगए नदिने, प्रचण्ड मरिगए नछोड्ने । यो नितान्त दुई व्यक्तिको स्वार्थको टकराब थियो । यहाँ कांग्रेस र माओवादीको प्रश्नै थिएन । यो रस्साकस्सीका लागि पार्टीका बैठक आदि–इत्यादि त प्राविधिक पक्ष थिए, देखाउने दाँतजस्ता । चुरो कुरो, यी दुई महत्वाकांक्षी व्यक्तिलाई पहिलो कार्यकाल प्रधानमन्त्री चाहिएको हो ।

परिणामतः केही दिनअघि चुनावमा सँगै यात्रा गर्ने वाचा खाएका सँग छुट्टिने र एकअर्काको उछित्तो काढ्दै हारजित गर्नेहरूसँग भने नयाँ यात्रा थालिने अस्वाभाविक परिस्थिति सिर्जना भयो । पूर्व जान हिँडेका दुई यात्री बीचबाटोमा पुगेपछि एउटा उत्तर र अर्को दक्षिण लाग्यो । एउटा पूर्व अर्को पश्चिम लागेको भए पनि केही कुरा त मिल्थ्यो । यो त उत्तर र दक्षिण लाग्ने कुरा भयो ।

यसमा कसलाई नाफा वा नोक्सान भयो, यो गौढ कुरा हो । नदिने देउवा गलत कि नलिइ नछोड्ने प्रचण्ड गलत, यो पनि कुनै महत्वको कुरा होइन । चुरो कुरो त, हामी कस्तो राजनीतिलाई मलजल गरेर दलका नाममा कस्तो निर्दलीय चरित्र र पात्र हुर्काइरहेका छौँ भन्ने हो ।

दुःखका साथ भन्नुपर्छ, हामीसँग ल्याकत भएका र नियत सफा भएका नेता नै भएनन् । हामीले निरंकुश चरित्रका नालायकहरूलाई पार्टीको मठाधीश बनायौँ । र, ती मठाधीशलाई यो वा त्यो नामका नेताको पगरी भिराएर गलत संकथन निर्माण गर्याैं । जनता त भीड थिएँ, अहिले पनि भीड नै छन् । आशा गरौँ, जनता जनार्दन भएको दिन ल्याकत पर्याप्त भएका र नियत सफा भएका नेता आउँलान् । आखिर आशामै त जीवन छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय