स्वतन्त्र पार्टीका सांसद संतोस परिवारले रबि लामिछाने लगायतका सम्पूर्ण नेताको आशु झारे हेर्नुहोस भिडियो सहित् ।

जेल जाने डरले सरकारमा गएको हो यथार्थ यस्तो रहेछ भ्रष्टाचारि सबै जेल जादै हेर्नुहोस भिडियो सहित ।

र यो पनि

काठमाडौ । प्रचण्डको नेतृत्वमा बनेको यो सरकारले २ हप्ता नहुँदै एकपछि अर्को जनपक्षीय काम गर्न थालेको छ । प्रचण्ड संगै स्वतन्त्र पार्टीका सभापति रबी गृहमन्त्री भएपछि झन सहज भएको छ ।

अन्य सरकारले बर्षौसम्म गर्न नसकेका काम केही दिनमै हुन थालेका छन । व्यक्तिगत स्वर्त्गमा नलागे काम गर्न सकिने रहेछ्ह भनेर उदाहरण बनेको छ प्रचण्ड सरकार ।

हुनत प्रचण्डका योभन्दा अगाडिका कार्याकाल उत्कृष्ट नै थिए तर त्योभन्दा अझै राम्रो यो कार्यकाल हुने देखिन्छ । त्यसको अर्थ नाराजणकाजी र रबी जस्ता क्षमतावान नेताहरु मन्त्री भएका छन ।

अहिले यो सरकारमा प्रचण्ड र रबीको निकै चर्चा चलेको छ । त्यस संगै नारायणकाजीको पनि कम चर्चा भने छैन ।

शुरुदेखी नै प्रचण्डको नजरमा परेको रेसुंगा विमानस्थल आज उद्घाटन हुँदैछ । रबी बालेनहरु पन्ज यसमा खुसी भैरहेका छन ।

रेसुंगा विमानस्थलमा आज डेमो उडान हुँदै

पूर्वमन्त्रीदेखि सांसद पहिलो यात्रुका रुपमा आज काठमाडौंबाट गुल्मी जाँदै

रूपन्देही — गुल्मीको रेसुंगा विमान स्थलमा आज डेमो उडान हुँदैछ । २०६२ सालमा निर्माण प्रक्रिया अघि बढेको विमानस्थलमा निर्माण सुरु भएको झन्डै १५ वर्षपछि उडान हुन थालेको हो ।

तार एयरको ट्वीनअटर जहाज ११ बजे काठमाडौं विमानस्थलबाट रेसुंगा विमानस्थलका लागि प्रस्थान गर्ने छ । काठमाडौंबाट रेसुंगा विमानस्थलमा पहिलो उडानमार्फत यात्रुका रुपमा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, पूर्वपर्यटन एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, कांग्रेस प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठ, माओवादी नेता बुद्धी जिसी र कांग्रेस नेता योगराज कँडेल विमानस्थल पुगेका छन् ।

गुल्मीको प्रतिनिधिसभाबाट निर्वाचित गोकर्णराज विष्ट भने अस्वस्थताका कारण अनुपस्थित हुनेछन् । २०६२ सालमा गुल्मीमा रेसुंगा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढेपनि त्यसको काम २०६४ सालमा सुरु भएको थियो । बीचमा रोकिएको काम पुनः २०७४ मा प्रदीप ज्ञवालीले सुरु गराएका थिए ।

निरन्तर दबाबपछि १७ वर्षमा झन्डै २५ करोड खर्चेर विमानस्थल तयार भएको हो । विमानस्थलमा तारा एयरले नै २०७५ जेठ २५ गते परीक्षण उडान गरेको थियो ।

डेमो उडानका लागि तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु पनि रेसुंगा पुग्नेछन् । पहिलो जहाज रेसुंगा विमानस्थलमा झन्डै १ घण्टा बिताएर पुनः काठमाण्डौं फर्किने छ । डेमो उडानपछि नै तालिका बनाएर एकसातापछि नै नियमित उडान सुरु गर्ने गरी रेसुंगा नगरपालिकाले विमानस्थल सञ्चालनका लागि तयारी गरिरहेको छ ।

रेसुंगा विमानस्थल सञ्चालनको अवसरमा रेसुंगा नगरपालिकाले आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । विमानस्थल नगरपालिकाको वडा नं. १० मा पर्छ । विमानस्थल सञ्चालनपछि गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङका सर्वसाधरण प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ७८ रोपनी १० आना क्षेत्रफलमा विमानस्थल तयार गरेको हो । सरकारले सर्वसाधारणको २२ रोपनी जग्गा अधिग्रहण गरेर काम सुरु गरेको थियो । ४६ घर धुरीले मुआब्जा लिएका थिए । विमानस्थलको ५ सय ७० मिटरको धावनमार्ग छ ।

सीके राउतको उदय-कथा

जनमत पार्टीको उदयले पराम्परागत मधेश राजनीतिको एजेन्डा, संगठन र नेतृत्वबारे व्यापक पुनर्विचार हुनुपर्ने खाँचो देखाएको छ । केवल समाजलाई भावनात्मक ध्रुवीकरणमा लगेर निर्वाचन जित्ने र सत्तामा पुगेपछि मात्तिएको हात्तीजस्तो व्यवहार गर्ने नेतागिरी अब मधेशमा नचल्ने सन्देश पनि दिएको हो ।

काठमाडौँ — निर्वाचनको एक साताअघिसम्म सप्तरी–२ बाट उपेन्द्र यादवलेनै जित्नेमा म विश्वस्त थिएँ । असोज र कात्तिक महिनाभरि अस्वस्थताका कारण गाउँदेहात घुम्न सकेको थिइनँ । घाँटीको समस्याका कारण मित्रजनसँग टेलिफोन सम्पर्क पनि रोकिएको थियो । सूचनाका स्रोतहरू खुम्चिएका थिए । सप्तरीको धरातलीय यथार्थबाट म निकै टाढा रहे पनि यादवको जितबारे ढुक्क थिएँ ।

मेरो बुझाइ थियो, सप्तरी मधेश आन्दोलनको उर्वर भूमि हो । उपेन्द्र यादवलाई मधेश विद्रोह (२०६३) को विरासत प्राप्त छ । जिल्लाको राजनीतिमा यादव जातिको बाहुल्य छ । साह र मुसलमान समुदायको मत पनि महत्त्वपूर्ण छ । पाँच वर्षदेखि जनकपुरमा मन्त्री रहेका शैलेन्द्र साह त्यही क्षेत्रमा प्रदेशसभाका उम्मेदवार छन् । राजविराजकी उपमेयर जसपाकै मुसलमान समुदायकी नेत्री छन् ।

त्यसकारण त्यहाँका वैश्य र मुसलमानको मत यादवतिरै जाने हो । विकासको सवालमा पनि उपेन्द्र यादवकै कारण जिल्लामा अनेक योजना कार्यान्वयनमा छन् । यावत् कारणले म उनको विजयबारे ढुक्क थिएँ । तर, कात्तिक ३० गते सेतोपाटीमा प्रकाशित निर्वाचन सम्बन्धी स्थलगत रिपोर्टलेे मेरो अनुमानलाई करेन्ट लागेसरहको झट्का दियो । रिपोर्टमा किटानीसाथ भनिएको थियो- सप्तरी–२ मा सीके राउतको जित लगभग निश्चित छ । लगत्तै सप्तरीका आफ्ना मित्र र परिवारजनसँग जसोतसो सम्पर्क स्थापित गर्न थालें । अस्वस्थताका बावजुद म मंसिर १ गते राजविराज हुँदै आफ्नो गाउँ गोइठीतर्फ प्रस्थान गरें ।

राजविराजमा पहिलो भेट पुराना मित्रसँग भयो, जो उपेन्द्र यादवका प्रचारक भएर खटिएका थिए । ‘यस पटक उपेन्द्र सरलाई गाह्रो छ,’ मित्रको निराशापूर्ण पहिलो प्रतिक्रिया थियो ।

मेरो दोस्रो भेट जेपी गुप्तासँग भयो । गुप्ताकैगाडीमा भारदहसम्म जाने अवसर मिल्यो । सप्तरीबाट तीनवटा संसदीय निर्वाचन जितेका गुप्ताको विश्लेषण शैलीबाट म करिब तीन दशकदेखि परिचित छु । कुराकानी सुरु हुनासाथ उहाँले भन्नुभयो, ‘आजको मितिमा निर्वाचन भयो भने यस क्षेत्रमा सीके राउतले कम्तीमा पनि पाँच हजार मतले जित्छन् तर तीन रात बाँकी छ ।

उपेन्द्र यादव र जयप्रकाश ठाकुर दुवैलाई निर्वाचन आफूले नै जित्छु भन्ने लागेको छ । परिस्थिति ठीक उल्टो छ । यो कुरा दुवै मान्न तयार छैनन् । वास्तवमा यादव र ठाकुर दोस्रो हुनेमा प्रतिस्पर्धा गर्दै छन् । ठाकुरको मत अझै पनि निर्णायक छ । त्यो मत उनीसँग रहने सम्भावना कम छ र कता जाने हो, हेर्न बाँकी छ ।’ यी सब कुराकानी गरिनसक्दै हामी भारदह पुग्यौं । र छुट्टियौं ।

साँझ गाउँ पुग्दा चार जना छिमेकीसँग भलाकुसारी गर्ने अवसर मिल्यो । पहिलो भेट विमल रामसँग भयो । दलित समुदायका उनी गाउँका निकै सज्जन व्यक्ति हुन् । उनी पहिले कांग्रेसलाई मत हाल्थे । माओवादी जनयुद्धयता माओवादीका मतदाता थिए । उनले सुरुमै भने, ‘यस पटक त हामी होरन छापमा भोट हाल्ने हो ।’ हर्न छाप सीके राउत नेतृत्वको जनमत पार्टीको निर्वाचन चिह्न हो ।

‘किन ? को छन् होरन छापको उम्मेदवार ?’

‘साउदीबाट छोराले फोनमा भनेको छ । हामीले भिडियो पनि हेरेका छौं । सीके राउतको छाप हो होरन । उनी महदेवाका विज्ञानिक हुन् । उनलाई सरकारले मार्न खोजेको थियो । पहिले जेलमै कुहाएर मार्ने योजना बनाएको थियो । जसोतसो जेलबाहिर आए । अहिले सबै पार्टी गठजोड गरेर राजनीतिमा उनैलाई समाप्त पार्न खोज्दै छन् । त्यस्तो राम्रो मान्छे ! उनको पार्टीले हाम्रो छोरा, भतिजलाई अरबमा निकै सहयोग गरेको छ । त्यसकारण हामी उसैलाई भोट दिने भएका छौं ।’ एक छोरा र दुई भतिज साउदी अरबमा भएका विमल रामको लामो जवाफ थियो ।कामानन्द यादव मेरा बालसखा र छिमेकी पनि हुन् । हाल उनी दुहबी, सोनापुरको एउटा कारखानामा मजदुरी गर्छन् । निर्वाचनको माहोलमा कुराकानीको थालनी भोटबाट हुने नै भयो । उनले भने, ‘सोनापुरमा म काम गरिरहेको कारखानामा र नजिकै डेरा गरी बस्नेमा करिब दुई, ढाई सय युवा मजदुरहरू सिरहा–सप्तरीका छन् । ती सबैले होरन छापमा भोट दिनुपर्छ भन्थे । म पनि त्यही सोचमा पुगेको छु ।’

तेस्रो पात्र मेरा काका पर्ने छिमेकी नेटरु साह थिए । उनी अलि कम बुझ्ने मानिसमा गनिन्छन् । मैले उनलाई सोधें, ‘भोट कसलाई हाल्ने सोच्नुभएको छ ?’

‘होरन छाप,’ उनको जवाफ थियो । ‘महदेवावाला विज्ञानिकको हो । उनी भारदहमा मलखादको फेक्ट्री खोल्छन् रे ! हामी काम पाउँछौं ।’

चौथो पात्र दलित समुदायकी, मेरी काकी पर्ने एक महिला थिइन् । भोटबारे काकीको भनाइ थियो, ‘बढी चर्चा त होरन छापकै छ । गाछी छापको उम्मेदवार पनि गाउँकै भलादमी मानिस हुन् । पुरुषहरू गाछी छापमा पनि हाल्ने गाइँगुइँ सुन्दै छु तर महिलाहरू होरन छापमा हाल्न एकमत छौं । हामी टोलभरिका महिलाहरू एकै ठाउँमा बसेर उनको सिनेमा हेरेका छौं । उनलाई पुलिसले निकै कुटेको रहेछ । बिचरा, निकै दुःख पाएका छन् !’

माथिका संवादका केही बुँदा उल्लेखनीय छन् । पहिलो, अरबमा बस्ने छोराले फोनमार्फत भोट हाल्न भन्नु । दोस्रो, सीकेबारेको भिडियो हेरेर धारणा बनाउनु । तेस्रो, सरकारले उनको हत्या गर्न खोजेको बुझाइ । चौथो, मलखादको कारखाना खुल्ने र आफूले रोजगारी पाउने आस । पाँचौं, सप्तरी–सिरहाका मजदुर युवाहरूमा सीकेप्रतिको आकर्षण ।

सीके राउतको जन्म गाउँ सप्तरीको महदेवा हो, जुन मेरो गाउँ गोइठीदेखि करिब तीन किलोमिटर दक्षिणमा पर्दछ । जनमत पार्टीले उनको जीवनीमा आधारित एक घण्टा बीस मिनेट लामो वृत्तचित्रजस्तै सामग्री तयार पारेको रहेछ । केही वर्षयता मधेशका विभिन्न बस्तीमा त्यस पार्टीका कार्यकर्ताहरूले प्रोजेक्टरमार्फत त्यही भिडियो प्रदर्शन गर्दै आएका थिए ।

मसँगको संवादमा दलित महिलाले उल्लेख गरेको सिनेमा खासमा त्यही भिडियो रहेछ । देहाततिर नाम थाहा नभएका पुरुषलाई सम्बोधन गर्दा उनको गाउँको नाममा ‘वाला’ जोडेर बोलाउने चलन छ । माथि उल्लेख गरिएका, सीके राउतको नाम थाहा नभएकाहरूले ‘महदेवावाला नेता’ वा ‘विज्ञानिक’ भन्दा रहेछन् । अमेरिकामा काम गर्दा उनको पद ‘सिनियर साइन्टिस्ट’ थियो, देहातको भाषामा ‘विज्ञानिक’ । यसरी अमेरिकामा सिनियर साइन्टिस्ट रहेका सीके मेरो गाउँ गोइठीका दलित, गरिब, निमुखा बस्तीमा ‘महदेवावाला विज्ञानिक’ भनेर प्रख्यात रहेछन् ।

मैले सीके राउतलाई पुल्चोक क्याम्पसमा पढ्दा चिनेको हुँ, करिब २५ वर्षअघि । सन् २०११ तिर अमेरिकाबाट फर्केपछि उनीसँग पहिलो पटक राजनीतिक कुराकानी भएको सम्झिन्छु । उनको शैक्षिक एवं प्राज्ञिक व्यक्तित्वबारे केही भन्नैपरेन । तर, राजनीतिक व्यक्तित्व (खास गरी चुनावी राजनीतिमा) यति छिटो यसरी चम्किएला, मैले सोचेको थिइनँ । मेरो अनुमान थियो, यस पटकको निर्वाचनमा उनको पार्टी स्थापित होला र सिटचाहिँ आगामी निर्वाचनहरूमा मात्र ल्याउने होला । तर जनमत पार्टीले जस्तो परिणाम पाएको छ, त्यसले धेरैलाई चकित बनाएको छ । त्यस्तो परिणाम कसरी आयो होला, मेरा लागि खोजीको विषय बन्यो ।

सीके ‘क्रेज’ मेरो गाउँमा जस्तै अन्य गाउँबस्तीमा पनि थियो कि थिएन ? त्यो क्रेज समाजको कुन तप्का, बस्ती, वर्गका मानिसहरूमा थियो ? र, कसरी सम्भव भएको थियो ? उत्तर खोज्ने सिलसिलामा मैले सप्तरीका करिब पाँच दर्जन मानिससँग कुराकानी गरें । ती आम मानिस, मतदाता, जनमत, जसपा लगायतका नेता–कार्यकर्ता थिए । सप्तरीको समाजमा सीकेको क्रेज सबैतिर राम्रै थियो तर सप्तरी–२ मा अलि बढी थियो । त्यतो कसरी भयो होला ? मेरा लागि खोजीको थप विषय बनिरह्यो ।

जनमत पार्टीले केही खास काम बडो रणनीतिक तरिकाले गरेको रहेछ । पहिलो, मधेशमा आफ्ना लागि उपयोगी हुन सक्ने समूहको पहिचान गर्नु । दोस्रो, त्यस समूहमा सीकेको व्यक्तित्वलाई त्यागी, संघर्षशील नेताका रूपमा स्थापित गर्नु । उनलाई राज्यले मार्न खोजेको भाष्य निर्माण गर्नु । तेस्रो, मतदान केन्द्र (बुथ) लाई सबैभन्दा महत्त्व दिँदै कार्यकर्ता परिचालनको विशेष रणनीति बनाउनु । चौथो, आफ्ना मतदाताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनु । पाँचौं, उपेन्द्र यादव पक्षको भाष्यलाई चिर्न प्रत्युत्तरमा विश्वासयोग्य भाष्य निर्माण गर्नु ।

यिनै पाँच रणनीतिले सीके राउतले निर्वाचन जितेका हुन् ।

सर्वप्रथम, सीके राउतको व्यक्तित्व स्थापित गर्न गरिएका कामबारे चर्चा गरौं । वैदेशिक रोजगारीमा गएका युवाहरू, गाउँमा रहेका तिनका परिवार, पूर्ण वा अर्धबेरोजगार ग्रामीण युवाहरू, ग्रामीण महिलाहरू, दलित र विपन्न वर्गका मानिसहरूलाई जनमत पार्टीले आफ्नो लक्षित समूह छानेको रहेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय