बिहिबार , चैत्र १५, २०८०

काठमाडौं,

सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण खारेज गरिदिएको छ । सर्वोच्चले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि सत्तारुढ दल नेकपा खारेज भएको हो । सर्वोच्चले आइतबार नेकपा नाम विवादबारे फैसला गर्दै सत्तारुढ दल नेकपालाई पूर्ववतः रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ ।

तर, सर्वोच्चले आदेश दिएजस्तै अहिले दुई खेमाका विभाजित नेकपा पूर्ववतःरुपमा ब्यूँतिन समेत सजिलो छैन । निर्वाचन आयोगमा ‘एमाले’ र ‘माओवादी केन्द्र’ अर्कैका नाममा दर्ता भइसकेका छन् ।

एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको घोषणा गरेका थिए । निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी छन् ।

त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गराएका छन् । अहिले पनि निर्वाचन आयोगमा यी दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छ । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५आँैं स्थानमा माओवादी केन्द्र र १३२औँ स्थानमा एमाले दर्ता छन् ।

सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववतः रूपमा ब्युँतिने फैसला गरे पनि यी दुबै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता रहेकाले यो फैसलाले संवैधानिक÷कानुनी जटिलता थपेको छ ।-दृष्टिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय