सूर्य चिन्ह औपचारिक रुपमै केपी ओलीलाई

काठमाडौं ।

सर्वाेच्च अदालतको फैसलासँगै सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाएको छ । सूर्य चिन्ह कसले पाउने भन्ने धुमधाम लडाई चलिरहेको थियो । यो लडाईंको निराकरण फरक ढंगले भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीको एकीकरण भंग भएसँगै दुवै पार्टी पूरानै अवस्थामा फर्किएका छन् । पूरानो अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी शर्मा ओली नेतृत्वको पार्टी अर्थात् नेकपा एमालेको भएको छ ।

सर्वाेच्चको फैसलामा चुनाव चिन्ह बारे उल्लेख छैन । तर, दुवै पार्टी पूरानै अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी ओली पक्षको भएको हो ।

नेपाली राजनीतिमा सूर्य चिन्ह सर्वाधिक प्रभावशाली ब्राण्डको रुपमा रहँदै आएको छ । ठूलो राजनीतिक उतारचढाव बीच पनि सूर्य चिन्ह हात पार्नुलाई केपी ओली पक्षले महान विजय भनेको छ ।

२०७७ फाल्गुन २४, सोमबार ०२:३४ गते 0 Minutes 168 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार