शनिबार , बैसाख ८, २०८१

काठमाडौं,

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ ।

सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरावलोकन गर्ने तयारीमा लागेका छन् ।

ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेको बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनीनिकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव दिएका छन् ।

सुझावपछि ओलीले एमालेको बैठक बोलाउने र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए । एकताका बेला ओली एमालेको अध्यक्ष थिए । एकतापछि बनेको नेकपाको पनि उनी अध्यक्ष थिए।

नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय