शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो ।

संसदको आइतबार बसेको प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरे । सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार विमर्ष गर्नुपर्ने उनले बताए ।

उनले अघि भने, ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’

प्रतिनिधिसभामा सरकारको तर्फबाट कुनै पनि अध्यादेश आउनुअघि प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रष्ट भन्नुपर्ने सांसद रावलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय