बिहिबार , चैत्र १५, २०८०

काठमाडौं,

माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको पदको वैधानिकतामा प्रश्न उठाएका छन् । संसद बैठक बहिष्कार गरेर बाहिरिने क्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

आइतबार साँझ संसद भवनबाट बाहिरिएका अध्यक्ष नेपालले भने, ‘जेसुकै भए पनि यो सरकारको आयु सिद्धियो।’ उनले अब पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि यो सरकार नटिक्ने बताए । ‘नेकपा चलाउने हामी। त्यसको नेतृत्व लिने म। केपी ओलीले खोसेर खोसिन्छ ?’ उनले भने ।
तत्काल राजीनामा दिनुपर्छ । यो सरकारको आयु सकियो। पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने आयु सकियो।’ ओली नेतृत्वको सरकारको औचित्य अब सकिएको उनको टिप्पणी छ।

सर्वोच्च अदालतले आज नेकपा पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएको हो । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय