शुक्रबार , चैत्र १६, २०८०

खुसीको खबर बिहानै प्रचण्ड र रबि लामिछानेले एयरपोर्टमा हेर्नुहोस भिडियो सहित ।

र यो पनि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ पार्टीले थ्रेसहोल्ड नकटाएकोमा कुनै चिन्ता नरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन्।

 

उनले आफ्नो पार्टीलाई राष्ट्रिय दल हुनबाट रोक्न अनेक षड्यन्त्र पनि भएका उनले दाबी गरे।समानुपातिकको निर्वाचनमा षड्यन्त्रका पक्षहरु पनि छन्। हाम्रा आफ्नै कारणले पनि हामीले मत बाकसमा खसाल्न सकेनौँ, जोड्दा ध्यान दिन सकेनौँ, उनले भने, हाम्रै नेता कार्यकर्ताहरु जसरी खट्नुपर्थ्यो, योजनामा लाग्नुपर्थ्यो त्यो हुन सकेन।

 

उनले थ्रेसहोल्ड नकाटे पार्टीलाई शक्तिशाली बनाउनबाट कसैले रोक्न नसक्ने पनि बताएका छन्।हाम्रो पार्टीले थ्रेस होल्ड पार गरेको भए, हेलिकोप्टर दिन्थ्यो कि जहाज दिन्थ्यो कि बस्ने ठाउँ दिन्थ्योरु कसैले केही पनि दिँदैनथ्यो, उनले भने, थ्रेस होल्ड नकाटे पनि ह्विप लाग्छ। कसै कसैले ह्विप नै लाग्दैन भनिरहेका छन्। तर त्यस्तो होइन सबै सांसदमाथि हाम्रो पूरापूर हक लाग्छ। उनले मंसिर ४ को निर्वाचनमा आफूहरुले हारे पनि पार्टी निर्माण अभियान नरोकिने बताएका छन्।

 

माधव र उपेन्द्रको एकता कसरत : प्रधानमन्त्री र मधेशको मुख्यमन्त्रीमाथि आँखा

पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सम्बन्ध निकट बन्दै गएको छ। जसपाले प्रधानमन्त्रीमा पुष्पकमल दहाल प्रचण्डलाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन।

 

एकीकृत समाजवादीले भने समर्थन पनि गरेको छैन। सोमबार सकिएको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागितालाई लिएर ठोस निर्णय गर्न सकेन। बरु उसले केन्द्रीय सचिवालयलाई अधिकार दिएको छ।

 

जसपाले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि पनि सरकारमा सहभागिधारणा तय गर्न सकेको छैन। गत शनिबार बसेको जसपाको कार्यकारणी समिति बैठकले सरकारमा सहभागिता र मन्त्री तय गर्न राजनीतिक समितिलाई जिम्मा दिएको थियो। सोमबार र मंगलबार बसेको राजनीतिक समिति भने यस सन्दर्भमा मौन देखिएको छ। जसपाले सरकारको न्युनतम साझा कार्यक्रम आएपछि मात्रै सहभागिताका बारेमा निर्णय लिने बताएको छ।

 

पुस १० मा नाटकीय रुपमा विकास भएको घटनाक्रमबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै एमाले र माओवादी केन्द्र लगायतका सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा उनी प्रधानमन्त्री नियुक्त भएका थिए। यद्यपि, सतारुढ दलहरुलाई केन्द्रदेखि प्रदेशसम्मको भागबन्डा मिलाउन सकस परिरहेको देखिन्छ।

 

यस्तो पृष्ठभूमिमा नेपाल र यादव नजिकिएका हुन्। उनीहरु पार्टी एकीकरण गरेर नयाँ समीकरण बनाउँदै र नयाँ सम्भावना खोज्न अग्रसर देखिएका छन्। जसलाई दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन्।

 

पोलिटब्युरो बैठककै क्रममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जसपासँग एकीकरणको छलफल चलिरहेको खुलाएका थिए।

 

उनले यसमा भइरहेको प्रगतिको विषयमा विस्तृतमा खुलाएनन्, तर सम्भावना दर्शाए। मंगलबार सकिएको बैठकले पनि वाम एकताको लागि पहल गर्ने र त्यसका लागि निर्णय अधिकार सचिवालयले दिएको छ।

 

यता सोमबारदेखि जारी जसपाको राजनीतिक समितिको बैठकमा पनि नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग त्यसबारेमा जिज्ञासाहरु राखेका छन्। सोमबारको बैठकमा अफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले विचार र मुद्दाहरु मिल्ने दलहरुसँग एकीकरण गर्ने आफ्नो नीति रहेको उल्लेख गरेका छन्। जसलाई पार्टीका धेरै नेताहरुले एकीकृत समाजवादीप्रति नै लक्षित गरिएको बुझेका छन्।

 

शनिबार बसेको जसपाको कार्यकारणी समिति बैठकमा पनि अध्यक्ष यादवले अहिले विभिन्न दलहरुसँग एकताका लागि संवाद चलिरहेको मात्रै जानकारी गराएका थिए।

 

मंगलबार सकिएको राजनीतिक समितिले विभिन्न दल/संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धन गर्न राजेन्द्र श्रेष्ठको संयोकत्वमा तीन सदस्य कार्यदल बनाएको छ। जसमा रकम चेम्जोङ र गोविन्द चौधरी छन्।

 

शनिबारदेखि एकीकृत समाजवादी र जसपा दुवै आन्तरिक बैठकमा व्यस्त भएका थिए। बैठकमा छलफल हुनु एउटा विषय हो, तर शीर्ष तहमा भइरहेका भेटघाटले दुई पार्टीबीच एकताको सम्भावनालाई बलियो आधार दिएको देखिन्छ। अघिल्लो हप्ता जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालसँग छुट्टाछुट्टै भेटेका थिए।

 

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँगको एकीकरणका बारेमा अहिले नै कुनै ठोस दाबी गर्न नसकिने बताए। उनले पार्टी बैठकमा भने यस बारेमा कुराचाहिँ उठेको बताए।

 

‘हामीले विचार र मुद्दाहरु मिल्नेहरुसँग एकीकरण गर्ने पक्षमा सुरुदेखि नै नीति लिएका छौँ’, उनले नेपाल लाइभसँग भने, ‘एकीकृत समाजवादीसँग पनि हाम्रो कुरा नहुने होइन। तर, अहिले नै म ठोस रुपमा भन्न सक्दिनँ।’पार्टी अध्यक्ष यादवले एकीकृत समाजवादीका शीर्ष नेताहरु गरेको संवाद कुन तहसम्म पुगेको कुरा आफूले अहिले भन्न नसक्ने सुमनले बताए।

 

जसपा र एकीकृत समाजवादीबीच एकता भएमा सो पार्टी प्रतिनिधि ठूलो दल बन्नेछ। त्यस्तै, मधेश प्रदेशमा २३ सहित सबैभन्दा ठूलो दल एमालेसँग बराबरी गर्नेछ। प्रतिनिधि सभामा जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ। मधेश प्रदेशमा जसपाको १६ र एकीकृत समाजवादीको ७ सिट छ।

 

यी दुई पार्टीबीच एकता भएमा त्यसले उनीहरुलाई थप सम्भावनाको नजिक पुर्‍याउने छ। पहिलो त, उनीहरुको बार्गेनिङ शक्ति बढ्नेछ। अहिले २० सिटसहित चौथो ठूलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाएको छ। साथै, सबैले चासो राख्ने शक्ति बनेको छ। सो पार्टीभन्दा दुई सिट बढी भएपछि त्यो स्थानमा आफूहरुले पाउने एकता पक्षधर नेताको छ।

 

अर्कोतिर, राजनीतिक तानातानमा आफ्नो पार्टीले प्रधानमन्त्री नै पाउन सक्ने सम्भावना पनि उनीहरु दर्शाउँछन्। साथै, मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्न पनि सहज हुनेछ।सभामा २२ सिट सहित चौथौताबारे ठोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय