मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनीति

शहिद सप्ताह तथा वेनोज अधिकारी स्मृतिको अवसरमा शुक्रबार शहिद स्मृति आवासीय मावि पोखरामा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बार्दली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा शहिद –बेपत्ता स्मृति स्पोटर्स स्कुलले कापी ,कÞलम,, भलिबल फुटवल , बास्केटबल, व्याडमेन्टन लगायतका रु एक लाख ४५ हजार बराबरको शैक्षिक सामग्री बितरण गरेको हो ।

कार्यक्रममा नेकपा नेतृ पञ्चा सिँहले जनयुद्द जनआन्दोलनको बलमा अहिलेको उपलव्धी प्राप्त भएपनि शहीदका सन्ततिहरुलाई राज्यले उचित रुपमा हेर्न नसकेकाले उनीहरुको उच्च शिक्षाको जनयुद्ध विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताउनुभयो ।

यसका बारेमा नेकपा अध्यक्ष प्रचण्डसँग पनि कुुरा भएको जानकारी दिँदै उहाँले जनयुद्धका शहीद, गरीब र असाहायका सन्ततिहरुलार्ई निःशुल्क शिक्षाका लागि विश्वविद्यालय स्थापना गरि छाड्ने प्रतिवद्धता उहाँको छ ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य तथा नेतृ तेजकुमारी पौडेलले विद्यालयलाई थप व्यवस्थित र उदाहरणीय बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रचार्य मोना गिरीले सहयोगदातालाइ धन्यबाद ज्ञापन गर्नुभयो ।

शहिद –वेपत्ता स्मृति स्पोटर्स स्कुलका अध्यक्ष क्षितिज सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रम संजय जैसीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अनेरास्ववियूका नेता अमरदीप पराजुली, मदन भुल, प्रविना अधिकारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय