शनिबार , बैसाख ८, २०८१

Nepali rajneeti

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भए संगै आज एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सोहि कार्यक्रमको लागि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा भई काठमाण्डौं तर्फ लागेका छन् ।

आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव लाई पूर्बी नवलपरासीमा उनका कार्यकर्ताले बिदाई गरेका हुन ।

उनलाई प्रहरीले स्कटिङ गरि काठमाण्र्डौ पुर्याउने छ

आज दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुने छन् ।

सो कर्याक्रममलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने छन् भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने छन्।

विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई आजबाट छाड्ने भएको छ । गृहको परिपत्र अनुसार उनीहरुलाई छाड्न लागिएको हो ।

परिपत्र अनुसार आज समूहका उपल्ला नेताहरुमध्ये धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय