बिहिबार , चैत्र १५, २०८०

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनु नै नेपाली कांग्रेसको बटमलाइन भएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले बताएका छन्। सर्लाहीको मलंगवामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा थापाले ओलीको निरन्तरता स्वीकार्य नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई प्रयोग गरेर संसदलाई बन्धक बनाउने काम गरेका छन्। प्रधानमन्त्रीबाट हटाइएन भने स्वेच्छाचारित बढ्दै जाने र देशलाई फेरि अहिलेकै अवस्थामा ल्याउने उनको दावी थियो।

संसदबाट अविश्वासको प्रस्ताव ल्याएर चाँडोभन्दा चाँडो पदबाट हटाउनु नै कांग्रेसको प्राथमिकता रहेको थापाले बताए। ‘पुष ५ गते संसद विघटन गरेर ओलीले अदालतलाई आफ्नो अनुकुल बनाउन खोजेका थिए। अदालतलाई आफ्नो अनुकुल बनाउन नसकेपछि अहिले सम्पूर्ण शक्ति निर्वाचन आयोग मार्फत परिचालन गरिएको छ’, उनले भने, ‘निर्वाचन आयोगले पनि ओलीको सेवामा लागेको छ। प्रधानमन्त्रीले संसदलाई बन्धक बनाउने जुन खेलमा लागेका छन्, त्यसलाई बल पुर्याउने काम निर्वाचन आयोगले गरेको हो।’

निर्वाचन आयोगले देशलाई निकास दिन नसकेको नेपाल कम्युनिष्ट पार्टी फुट्न उनले बताए। त्यसैको कारणले ओलीमा आफू बहुमतको प्रधानमन्त्री हुँ भन्ने दम्भ रहेको उनको आरोप छ। आयोग कै कारण प्रधानमन्त्री ओलीलाई अंकुश लगाउन नसकेको थापाले बताए। ‘यसरी नै आयोगले छोड्दै गयो भने संसद बैठकको केही दिनमै फेरि संसद भंग हुन्छ’, थापाले भने, ‘त्यसपछि फेरि ओलीले देशमा अहिले कै अवस्था सृजना गर्ने छन्।’

प्रचण्ड र माधव नेपालले ल्याएको प्रस्तावलाई मदत गर्नेतिर नलागी कांग्रेस आफैँले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई पदबाट हटाउनुपर्ने उनले बताए।

मधेशको सवालमा पार्टी गम्भीर भएर लाग्नु पर्ने थापाले बताए। ‘कांग्रेसको उर्वर भूमी रहेको मधेशमा फेरि कांग्रेसलाई ल्याउनका लागि पार्टीले एकपटक गम्भीर सोच्नु पर्ने अवस्था आएको छ। बिगतमा हाम्रो पार्टीका धेरै नेता कार्याकर्ता मधेशोादी पार्टीमा गए। अहिले उहाँहरु आउँदै हुनुहुन्छ’, उनले भने, ‘विगतमा किन गए र अहिले फेरि किन आउँदै छन्। त्यसबारे पार्टीले गहन छलफल गर्नुपर्छ। जुन कांग्रेसले मधेशलाई सधैं आफ्नो ठान्यो त्यही मधेश आज रिसाएको छ। यसको समिक्षा गर्नु पर्ने दिन आएको छ।’

टिका लागएर पार्टी प्रवेश गराएर मात्र नहुने उनले बताए। संविधान संशोधन गरेर हुन्छ कि के गरेर हुन्छ मधेशको माग पूरा गराउन पार्टीले कम्मर कस्नु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय