बिहिबार , चैत्र १५, २०८०

फागुन ।

सरकार र नेत्रविक्रम चन्द विप्वल समूहबीच सहमति भएको छ । आज दुई पक्षबीच सहमति भएको हो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सहमतिको विस्तृत विवरण भोलि फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाईएको छ । र, समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्तसँग महेश बस्नेतको एक घण्टा एक्लाएक्लै भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटेका छन् ।

नेकपाको दल विवाद कायमै रहेको बेला नेता बस्नेतले प्रमुख निर्वाचन आयुक्तसँग आज एक्लाएक्लै एक घण्टा भेटवार्ता गरेका हुन् ।

भेटमा प्रमुख निर्वाचन आयुक्तले आफूहरुले विधि, विधान र निर्वाचन ऐन हेरेर नै नेकपाको विवाद हल गर्ने विश्वास दिलाएको बस्नेतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले फरक प्रसँगमा अहिले नेकपाको दुवै पक्षमा ८५/८५ जना सांसद रहेको र ७ जना तटस्थ रहेको जानकारी दिए । तर, आफूहरु संसदीय दलमा बहुमत पुर्याउन लागेको बस्नेतले जनाए ।

यसअघि पनि बस्नेतले आफूहरुसँग ९२ जना सांसद पुग्ने दाबी गरेका थिए । क्लबको साक्षात्कारमा बस्नेतले ९२ जना सांसद पुगिसकेको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय